२९ भदौ २०८३, सोमबार | September 14, 2026

माछापुच्छ्रे बैंकको १०.४ प्रतिशत लाभांश पारित



काठमाडौ । माछापुच्छ्रे बैंकको १०.४ प्रतिशत लाभांश पारित भएको छ ।
बैंकको बिहिबार भएको २२ औँं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो जसमध्ये, चुक्तापूँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश रहेको छ । यस्तै साधारणसभाले बैंकको आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिबेदन पारित पनि गरेको छ ।

साथै, साधारणसभाबाट  बैंकको सर्वसाधारण सेयर धनी समुहको तर्फबाट श्री जय मुकुन्द खनाल, श्री विश्व प्रकाश गौतम तथा श्री सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि संचालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ । बैंकले आजैको मितिबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्न सुरु गरिसकेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैंया ९६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपैैया तथा साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैैया संचित छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक  आफ्ना १६० वटा शाखाहरु लगायत १४१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३०१ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ५ : ०८ बजे

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध