१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

युवालाई उद्यमशीलता बनाउन राष्ट्रिय वाणिज्य बैंकले कर्जा लगानी गर्ने



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद् बीच युवालाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको तालिम संचालन गरिने विषयमा सम्झौता भएको छ ।

युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् बीच बिहीबार एक कार्यक्रमका बीच काठमाडौंमा सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि राष्ट्रिय युवा परिषद्ले प्रत्येक प्रदेशका पांँचवटा पालिकास्तमा जम्मा ३५ समूहमा १६ देखि ४० वर्षसम्मका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम संचालन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्यमी बन्न चाहने युवा र बैंकबीचको खाडल यो सम्झौता पछी हट्ने बताउँदै लाखौ युवाहरु उत्पादनसँग जोडिई स्वारोजगार बन्ने बताए । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले यो तालिमले युवालाई व्यवसाय र शिप विकासको ज्ञान दिने हुँदा बैंकको कर्जा दुरुपयोग हुने जोखिम घट्ने बताए ।

उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल तथा राष्ट्रिय युवा परिषद्का उपसचिव कमला ज्ञवालीले युवाहरुलाई यो कर्जाले उद्यमशीलताको विकास गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा परिषद्का प्रशासकीय प्रमुख डा. बाबुराम ढुङ्गाना, बैंकका उपकार्यकारी अधिकृतद्धय सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, विभागीय प्रमुखहरु सरोज बस्नेत, राज्य लक्ष्मी खड्गी, युवा उद्यमी संजालका संयोजक लोचन बस्नेत, कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ५ : ३० बजे

रुपन्देहीमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु

बुटवल । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान

प्रहरी संगठनलाई विवादमा तानेर चालबाजीलाई गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’

एनपीएल-३ : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै