१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

प्रथम प्रचण्ड थैव स्मृति फुटबल प्रतियोगिताको फाईनलमा झरना प्रवेश



बुटवल । प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७ मा झरना स्पोर्टिङ क्लब कुन्जलापुर विजयी हुदै फाईनल प्रवेश गरेको छ ।

विहिबार भएको पहिलो सेमीफाईनल खेलमा शिवनगर युवा क्लब, दिपनगरलाई ट्राईबेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।

सिद्धेश्वर खेलमैदानमा भएको खेलको निर्धारित समयमा झरनाका लागि अजय थापाले ८ औ मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएका थिए तर शिवनगरका सुनिल श्रेष्ठले खेलको १५ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

निर्धारित समयको खेल बराबरी भएपछि ट्राईबेकरमा गएको थियो । ट्राईबेकरमा शिवनगरका सुभाष महतो र सुमन बेल्बासेले बल बाहिर प्रहार गरे ।
खेलमा शिवनगरका किशोर राना म्यान अफ दि म्याचबाट पुरस्कृत भए । शुक्रबार दोस्रो सेमीफाईनलमा आयोजक सौभाग्य युवा क्लब र सिद्धार्थ युवा क्लब, चपरहट्टि बिचमा खेल हुने खेल संयोजक चक्र खड्काले बताए ।

उपाधि विजेताले ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि प्रतियोगितामा विधागत रुपमा ५ जना खेलाडीहरुलाई समेत पुरस्कृत गरिने खेल संयोजक चक्र बहादुर खड्काले बताए ।

यसैबिच स्वर्गिय प्रचण्ड थैव अक्षयकोष निमार्णको लागि खेलप्रेमी भुपेन्द्र क्षेत्री (हरि) ले ५० हजार रुपैयाको घोषणा गरेका छन ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ५ : ४७ बजे

हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व

काठमाडौं । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी

निर्वाचन आउन तीन दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च