४ चैत्र २०८२, बुधबार | March 18, 2026

आजको मौसम : गण्डकी र बागमती प्रदेशसंगै पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली, चिसो बढ्दो



काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको विकास भएको देखिंदैन । आंशिकरुपमा पश्चिमी प्रणालीको प्रभावले तापक्रममा गिरावट आइ देशभर चिसो बढेको छ ।

काठमाडौंं उपत्यकाको आज विहान ६ बजेको बायुको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम २ डिग्री सेल्सियस हुनेछ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्नेछ ।

हाल नेपालको पश्चिमी तराइ भू-भागका अधिकांश स्थानहरुमा विहानीपख वाक्लो हुस्सु कुहिरो लागेको छ । तराईकै बाँकी भू-भागका केही स्थानहरुमा हल्का हुस्सु लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश न १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।

देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यसैगरी आज राती प्रदेश नं १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिक बदली रहने सम्भावना छ ।

देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ६ : ४८ बजे

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई रविको निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा