४ चैत्र २०८२, बुधबार | March 18, 2026

इलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ शुरु



इलाम । इलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ शुरु भएको छ । माङ्सेबुङको सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा बाली विज्ञान विषयको अध्ययन शुरु भएको हो ।

कक्षा ९ बाट यसै वर्षबाट औपचारिकरूपमा पठनपाठन नै शुरु भएको प्रधानाध्यापक हरिप्रसाद आङ्देम्बेले जानकारी दिए । उनका अनुसार पहिलो वर्ष नै कक्षा ९ मा ४७ जना विद्यार्थीले बाली विज्ञान अध्ययन गर्न शुरु गरेका छन् ।

विद्यालयले प्रवेश परीक्षा लिएर छनोट भएकालाई औपचारिक शिक्षाका लागि प्रवेश गराएको हो । परीक्षाबाट ४७ जना उत्तीर्ण भएसँगै अध्ययन शुरु गरिएको हो ।

कोरोना सङ्क्रमणका कारण लामो समय विद्यालय सञ्चालन हुन नसक्दा विषेशज्ञ छनोटमा समेत समस्या भएको थियो । पहिलो वर्ष भएका कारण कक्षा ९ बाट अध्ययन शुरु गरिएको हो ।

पहिलो वर्ष नै उल्लेख्य विद्यार्थीको सहभागिता रहेको विद्यालयले जनाएको छ । आउँदा दिनमा नियमितरूपमा बाली विज्ञानको कक्षा सञ्चालन हुने प्रधानाध्यापक आङ्देम्बेको भनाइ छ ।

पछिल्लो समय बालबालिकाको समेत व्यावसायिक र प्राविधिक विषयप्रति चासो बढ्दै गएको छ । सामान्यतया औपचारिक शिक्षा लिँदा जागिर पाउन समस्या हुने भएकाले पनि नयाँ विषयप्रति विद्यार्थीको रुचि बढेको पाइन्छ । बाली विज्ञानको अध्ययनपश्चात् गाउँमा नै जागिर पाइने भएकाले पनि विद्यार्थीको रुचि बढेको हो । रासस

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ९ : ०८ बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको