३ पुस २०८२, बिहिबार | December 18, 2025

इलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ शुरु



इलाम । इलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ शुरु भएको छ । माङ्सेबुङको सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा बाली विज्ञान विषयको अध्ययन शुरु भएको हो ।

कक्षा ९ बाट यसै वर्षबाट औपचारिकरूपमा पठनपाठन नै शुरु भएको प्रधानाध्यापक हरिप्रसाद आङ्देम्बेले जानकारी दिए । उनका अनुसार पहिलो वर्ष नै कक्षा ९ मा ४७ जना विद्यार्थीले बाली विज्ञान अध्ययन गर्न शुरु गरेका छन् ।

विद्यालयले प्रवेश परीक्षा लिएर छनोट भएकालाई औपचारिक शिक्षाका लागि प्रवेश गराएको हो । परीक्षाबाट ४७ जना उत्तीर्ण भएसँगै अध्ययन शुरु गरिएको हो ।

कोरोना सङ्क्रमणका कारण लामो समय विद्यालय सञ्चालन हुन नसक्दा विषेशज्ञ छनोटमा समेत समस्या भएको थियो । पहिलो वर्ष भएका कारण कक्षा ९ बाट अध्ययन शुरु गरिएको हो ।

पहिलो वर्ष नै उल्लेख्य विद्यार्थीको सहभागिता रहेको विद्यालयले जनाएको छ । आउँदा दिनमा नियमितरूपमा बाली विज्ञानको कक्षा सञ्चालन हुने प्रधानाध्यापक आङ्देम्बेको भनाइ छ ।

पछिल्लो समय बालबालिकाको समेत व्यावसायिक र प्राविधिक विषयप्रति चासो बढ्दै गएको छ । सामान्यतया औपचारिक शिक्षा लिँदा जागिर पाउन समस्या हुने भएकाले पनि नयाँ विषयप्रति विद्यार्थीको रुचि बढेको पाइन्छ । बाली विज्ञानको अध्ययनपश्चात् गाउँमा नै जागिर पाइने भएकाले पनि विद्यार्थीको रुचि बढेको हो । रासस

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ९ : ०८ बजे

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई