१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

सर्वोच्चले हेर्न भ्याएन सभामुख सापकोटा विरुद्धको मुद्दा



काठमाडौं । आज शुक्रबारका लागि तोकिएको सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्धाको पेसी फेरि पनि सरेको छ ।

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा चढेको सापकोटा विरुद्धको मुद्दाको शुक्रबारका लागि पेसी तोकिएको थियो । तर शुक्रबार उक्त मुद्धाको सुनुवाईमा पालो नआएको भन्दै नभ्याइने भनी सर्वोच्चको वेवसाइटमा सुचना प्रकाशित गरिएको छ ।

यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो । तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो । सर्वोच्चले आज अचानक सो मुद्दाको पेशी चढाएको थियो ।

तत्कालिन माओबादीले सञ्चालन गरेको जनयुद्धमा सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । १६ वैशाख २०६२ मा श्रीकृष्ण मावी, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता लामालाई खाल्डो खन्न लगाएर ज्यूँदै परेको भन्दै उनीकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।

सुरुमा जाहेरी दर्ता गर्न नमानेको प्रहरीले पत्नी सर्वोच्चमा रिट हालेपछि २२ फागुन २०६४ मा सर्वोच्चले आदेशमा जाहेरी दर्ता भएको थियो । सोही मुद्दा अहिले पनि सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १ : ५४ बजे

एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा