२३ बैशाख २०८१, आइतबार | May 5, 2024

सक्रिय संक्रमितको संख्यामा बागमती प्रदेशलाई पछ्याउँदै लुम्बिनी प्रदेश



बुटवल । कोरोना संक्रमणको महामारीमा मुलुका ७ वटा प्रदेशमा सबै प्रदेशलाई उछिनेर बागमती प्रदेशले नेतृत्व गरिरहँदा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई पछ्याईरहेको तथ्याँक सार्वजानिक भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याँक अनुसार नेपालमा कोरोना भाईरसका सबैभन्दा धेरै सक्रिय सङ्क्रमित वाग्मती प्रदेशमा पाँच हजार ५२७ जना पुग्दा एक हजार १५२ जना सक्रिय सङ्क्रमितका साथ लुम्बिनी प्रदेशले बागमतीलाई पछ्याईरहेको पाईएको छ । बागमती प्रदेशमा एक लाख ३१ हजार ७४३ जना निको भएका छन् भने ८८८ जनाको मृत्यु भएको छ । त्यसैगरि, लुम्बिनी प्रदेशमा २६ हजार ६६६ जना निको भएका छन् भने २२२ जनाको ज्यान गएको छ ।

मन्त्रालयको तथ्याँकमा सक्रिय सङ्क्रमित धेरै हुने तेस्रो प्रदेशमा सुदूरपश्चिम प्रदेश परेको छ ।

सुदुरपश्चिममा एक हजार ४३ जना सक्रिय सङ्क्रमित रहेकोमा १२ हजार ५०३ जना निको भएका छन् तथा प्रदेशमा ५१ जनाको मृत्यु भएको छ ।

त्यसैगरि गण्डकी प्रदेशमा ९९२ जना सक्रिय संक्रमित हुँदा १५ हजार २६९ जना निको भएको र १६० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

सक्रिय संक्रमतिको पाँचौस्थानमा रहेको प्रदेश हो प्रदेश नम्बर १ । प्रदेश १ मा सक्रिय सङ्क्रमितको सङ्ख्या ३७७ छ । प्रदेश १ मा २८ हजार ८१३ जना निको भएको तथा २११ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यसैगरि कर्णाली प्रदेशमा १५२ जना सक्रिय सङ्क्रमित छन् । त्यहाँ छ हजार १३५ जना निको हुँदा २४ जनाको मृत्यु भएको छ ।

सबैभन्दा कम सक्रिय संक्रमित रहेको प्रदेशकारुपमा अहिले प्रदेश नम्बर २ देखिएको छ । प्रदेश नम्बर २ मा हाल ७४ जना मात्र सक्रिय संक्रमित बाँकी रहेको मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर २ मा २० हजार २६३ जना निको भएका छन् भने २०९ जनाको ज्यान गएको छ । संक्रमण नेपालमा देखिएका सुरुका दिनहरुमा निकै धेरै सङ्क्रमित देखिएको प्रदेश २ मा सबैभन्दा थोरै सक्रिय सङ्क्रमित बाँकी रहेको तथ्थ्याँकले देखाएको छ ।

 

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १० : ४३ बजे

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील