४ चैत्र २०८२, बुधबार | March 18, 2026

सक्रिय संक्रमितको संख्यामा बागमती प्रदेशलाई पछ्याउँदै लुम्बिनी प्रदेश



बुटवल । कोरोना संक्रमणको महामारीमा मुलुका ७ वटा प्रदेशमा सबै प्रदेशलाई उछिनेर बागमती प्रदेशले नेतृत्व गरिरहँदा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई पछ्याईरहेको तथ्याँक सार्वजानिक भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याँक अनुसार नेपालमा कोरोना भाईरसका सबैभन्दा धेरै सक्रिय सङ्क्रमित वाग्मती प्रदेशमा पाँच हजार ५२७ जना पुग्दा एक हजार १५२ जना सक्रिय सङ्क्रमितका साथ लुम्बिनी प्रदेशले बागमतीलाई पछ्याईरहेको पाईएको छ । बागमती प्रदेशमा एक लाख ३१ हजार ७४३ जना निको भएका छन् भने ८८८ जनाको मृत्यु भएको छ । त्यसैगरि, लुम्बिनी प्रदेशमा २६ हजार ६६६ जना निको भएका छन् भने २२२ जनाको ज्यान गएको छ ।

मन्त्रालयको तथ्याँकमा सक्रिय सङ्क्रमित धेरै हुने तेस्रो प्रदेशमा सुदूरपश्चिम प्रदेश परेको छ ।

सुदुरपश्चिममा एक हजार ४३ जना सक्रिय सङ्क्रमित रहेकोमा १२ हजार ५०३ जना निको भएका छन् तथा प्रदेशमा ५१ जनाको मृत्यु भएको छ ।

त्यसैगरि गण्डकी प्रदेशमा ९९२ जना सक्रिय संक्रमित हुँदा १५ हजार २६९ जना निको भएको र १६० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

सक्रिय संक्रमतिको पाँचौस्थानमा रहेको प्रदेश हो प्रदेश नम्बर १ । प्रदेश १ मा सक्रिय सङ्क्रमितको सङ्ख्या ३७७ छ । प्रदेश १ मा २८ हजार ८१३ जना निको भएको तथा २११ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यसैगरि कर्णाली प्रदेशमा १५२ जना सक्रिय सङ्क्रमित छन् । त्यहाँ छ हजार १३५ जना निको हुँदा २४ जनाको मृत्यु भएको छ ।

सबैभन्दा कम सक्रिय संक्रमित रहेको प्रदेशकारुपमा अहिले प्रदेश नम्बर २ देखिएको छ । प्रदेश नम्बर २ मा हाल ७४ जना मात्र सक्रिय संक्रमित बाँकी रहेको मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर २ मा २० हजार २६३ जना निको भएका छन् भने २०९ जनाको ज्यान गएको छ । संक्रमण नेपालमा देखिएका सुरुका दिनहरुमा निकै धेरै सङ्क्रमित देखिएको प्रदेश २ मा सबैभन्दा थोरै सक्रिय सङ्क्रमित बाँकी रहेको तथ्थ्याँकले देखाएको छ ।

 

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १० : ४३ बजे

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : यि हुन महत्वपूर्ण निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५