२ चैत्र २०८२, सोमबार | March 16, 2026

जडीबुटी उत्पादन गर्ने उद्देश्यले नर्सरी स्थापना



बागमती । बागमती प्रदेश सरकारले पहिलोपटक रोग प्रतिरोधात्मक प्रजातिको जडीबुटी उत्पादन गर्ने उद्देश्यले नर्सरी स्थापनाको काम शुरु गरेको छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन निर्देशनालय परिसर हेटौँडामा रु सात लाखको लगानीमा प्रविधियुक्त नर्सरी स्थापानको काम शुरु भएको निर्देशनालयका सहायक वन अधिकृत गोविन्द अर्यालले जानकारी दिए ।

कोभिड-१९ सङ्क्रमणपश्चात् रोग प्रतिरोधात्मक क्षमता बढाउन सेवन गर्न आवश्यक प्रजातिका बिरुवा उत्पादन गर्ने उद्देश्यले विशुद्ध नयाँ प्रविधिबाट विविध प्रजातिका बिरुवा उत्पादन हुनेछन् ।

गुर्जो, असोगन्धा, तुलसी र सर्पगन्धा प्रजातिका गरी कूल ३० हजार वटा बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको वन निर्देशनालयले जनाएको छ ।

उत्पादित बिरुवा मागअनुसार प्रदेशभरिका १३ वटै जिल्लासहित अन्य जिल्लाको मागका आधारमा सर्वसाधारणलाई निःशुल्करुपमा वितरण गर्ने योजना रहेको सहायक वन अधिकृत अर्यालले जानकारी दिए ।

आगामी विसं २०७८ को असार मसान्तसम्म बिरुवा तयार गरिने छ । गुर्जो, सर्पगन्धा र असोगन्धा रोपेको एक वर्षमा र तुलसी पाँच/छ महिनामा तयार भई सेवनका लागि उपयुक्त हुने निर्देशनालयले जनाएको छ । रासस

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ८ : ३० बजे

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री