३० भदौ २०८३, मंगलबार | September 15, 2026

साउनदेखि जडीबुटी बीमा लागू हुने



काठमाडौं । साउन महिनादेखि लागू हुनेगरी बीमा समितिले कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी गरेको छ ।

यसअघि जारी भएको बीमा निर्देशिका २०७७ भने खारेजी भएको बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए ।

नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था गरिने उल्लेख गरेअनुसार समितिले जडीबुटीलाई समेत समावेश गरी सो निर्देशिका जारी गरेको हो ।

निर्देशिकामा बीमा कम्पनीले आफूलाई तोकिएको जिल्लामा कृषि, पशुपक्षी तथा जडीबुटीको बीमा व्यवसाय गर्नुपर्ने, जिल्लास्थित कृषि ज्ञानकेन्द्र वा कृषि तथा पशुसेवा कार्यालय नजिकको स्थानमा बीमकले शाखा कार्यालय खोल्नुपर्ने, बीमक आफैले तयार गरी समितिको स्वीकृतिमा जारी गरेको बीमा लेखको हकमा तथा अनुदान प्राप्त नहुने बीमा लेखको हकमा छोटो अवधिका लागि बीमा लेख जारी गर्न सक्ने र कृषि, पशुपक्षी तथा जडीबुटी बीमा सामूहिकरुपमा गर्न सकिने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १२ : ४० बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज