१ पुस २०८२, मंगलबार | December 16, 2025

सर्वोच्च बारको नयाँ पदाधिकारीका लागि मतदान सरु



काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि मतदान सरु भएको छ ।

निर्वाचनमा प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गरेका छन् ।

प्रमुख निर्वाचन अधिकृत राजु खड्काका अनुसार सर्वोच्च बारमा भौतिक दूरी कायम गरी मतदान प्रक्रिया सुरु भएको छ । मतदान प्रक्रिया दुई बजेसम्म सम्पन्न हुनेछ भने कोभिडको सङ्क्रमण भएको सदस्य भएमा २ः३० बजे लाइनमा नबसीकन सिधैँ मतदान गर्ने व्यवस्था गरिएको छ ।

सर्वोच्च बारको सदस्यका हुनका लागि कम्तीमा १० वर्ष कानून व्यवसायीका रूपमा काम गरेको हुनुपर्दछ । सर्वोच्च अदालतबाट कम्तीमा सातवटा फैसला भएको व्यवस्था रहेको छ । उक्त बारमा सदस्य जम्मा ६०५ कानूनी व्यवसायी मतदान गर्दै छन् । सर्वोच्च बारले मत माग्दै प्रचारप्रसारका सामग्री बाँड्ने काममा पनि प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १२ : २२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज