१५ माघ २०८२, बिहिबार | January 29, 2026

बालबालिकामा देखिने अटिजम बारे अधिकांश अभिभावक नै अनविज्ञ



बुटवल । बालबालिकाहरुमा देखिने अटिजम बारे अभिभावकहरु नै अनविज्ञ रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ५५ औं नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै स्त्री तथा प्रसुति रोग विशेषज्ञ तथा अटिजन केयर सोसाईटी लुम्बिनीका अध्यक्ष डा सतिस रुपाखेतीले आफुहरु संस्थागत रुपमै अटिजम बारे सचेतना जगाउन लागेको बताए ।

काठमाण्डौमा अटिजम केयर नेपाल बाहेक बुटवलमा समेत सोसाईटीमार्फत अभिभावक सचेतना तालिमका कार्यक्रमहरु गरेको उनले बताए । कुनै पनि बालबालिकाहरुमा अटिजम देखिएमा अभिभावक धेरै कुरामा ध्यान दिनुपर्ने उनको सुझाव छ । गर्भावस्थामा मेडिसिनको प्रयोग बढि हुदा बच्चामा अटिजम हुनसक्ने विज्ञहरु बताउछन । विश्व स्वस्थ्यको तथ्याकमा ५९ जनामध्ये एक जनामा अटिजम देखिने बताईन्छ ।

नेपालमा ३ लाख अटिजमबाट पिडित रहेको तथ्याक छ । नेपालको कुल ३ करोड जनसंख्यामध्ये १ प्रतिशत यसको शिकार भएको मानिन्छन । न्युनतम २ महिना तालिम लिएर बालबालिकाको रेखदेखबारे जानकारी लिनुपर्ने उनले बताए । सहिद स्मारक बोर्डिङ स्कुल परिसरमा अटिजन केयर सोसाईटी लुम्बिनी स्थापना गरि एक सय जना अभिभावक आवद्घता गराएर आफुहरु लागेको उनले बताए ।

निकट भविष्यमा शान्ति नमुना स्कुलसंग सहकार्य गरि लुम्बिनी प्रदेश सरकारको सहयोगमा ५ कठ्ठा क्षेत्रफलमा अटिजम स्कुल निर्माणको काम पनि अघि बढाएको उनले बताए । यसबारे ज्ञान नहुदा कतिपय गाउघरमा बालबालिका बाधेर राख्ने काम समेत भैरहेको उनले दुखेसो गरे ।

क्लबका अध्यक्ष गोपाल ज्ञवालीले कोभिड-१९ का कारण क्लबका गतिविधि तिब्र गर्न नसकिएको भन्दै सचेतना र अन्तरक्रियालाई निरन्तरता दिदा धेरै फाईदा मिलेको बताए । लायन्स क्लब अफ सैनामैना मलमलाका अध्यक्ष अच्युत पौडेलले सामाजिक संघसंस्थाहरु बीच सहकार्य जरुरी रहेको बताए ।

अन्य क्लबभन्दा फरक र अनुसासित ढंगबाट कार्यक्रम संचालन गर्ने तथा नया सिकाईको वातावरण भएको उनले बताए ।
कार्यक्रममा क्लबका सचिव दिपक भट्टराई, कोषाध्यक्ष निरज श्रेष्ठ, सदस्य देविराम पाण्डे, सरोज पन्त लगायतले अन्तरक्रिया कार्यक्रममा नया र अनौठो विषयहरुमा छलफल गरि समाजमा रहेका रुढीबाढी समस्या चिर्न मद्धत मिल्ने बताए ।

कार्यक्रममा मैयादेवि पुरस्कारबाट पुरस्कृत भएका कान्तिपुर मिडिया ग्रुपका लुम्बिनी प्रदेश प्रमुख दिपेन्द्र बडुवाल र संगितकर्मी संघ रुपन्देहीका अध्यक्ष पदमा निवाचित भएकी क्लबका सदस्य दुर्गा नेपाललाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १ : २८ बजे

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा