काठमाडौं । शनिबार कोरोना भाइरसका ७१० जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म २ लाख ५३ हजार १८४ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १ हजार १७५ जना संक्रमित संक्रमणमुक्त भएका छन् । २ लाख ४२ हजार ५६७ जना संक्रमित निको भैसके छन् ।
हालसम्म ८ हजार ८४० जना सक्रिय संक्रमित रहेका छन् । १ हजार ७७७ जना संक्रमितको मृत्यु भएको छ ।
प्रतिक्रिया