१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

कांग्रेस र जसपाद्वारा तत्काल संसद् अधिवेशन बोलाउन माग



काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच समसामयिक राजनीतिक विषयमा आज छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढालीकण्ठमा भएको भेटमा उहाँबीच सङ्घीय संसद्को अधिवेशन अविलम्ब बोलाउन सरकारलाई दबाब दिने समझदारी भएको छ ।

दुवै दलका शीर्ष नेताहरुबीच सरकारका गलत क्रियाकलाप विरुद्ध संसद्मा एक ठाउँमा उभिने समझदारी पनि भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

भेटमा लोकतन्त्रको रक्षा, भ्रष्टाचार नियन्त्रण, कोभिड–१९ को विविध पक्ष र त्यसका कारण सिर्जित आर्थिक संकटलगायत जनसरोकारका विषयमा संसद्मा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने सम्बन्धमा समेत छलफल भएको बताइएको छ ।

छलफलमा कांग्रेसका तर्फबाट सभापति एवं पूर्वप्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय डा मीनेन्द्र रिजाल र रमेश लेखक तथा जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी थिए ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ८ : ३६ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित