२६ बैशाख २०८१, बुधबार | May 8, 2024

कांग्रेस र जसपाद्वारा तत्काल संसद् अधिवेशन बोलाउन माग



काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच समसामयिक राजनीतिक विषयमा आज छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढालीकण्ठमा भएको भेटमा उहाँबीच सङ्घीय संसद्को अधिवेशन अविलम्ब बोलाउन सरकारलाई दबाब दिने समझदारी भएको छ ।

दुवै दलका शीर्ष नेताहरुबीच सरकारका गलत क्रियाकलाप विरुद्ध संसद्मा एक ठाउँमा उभिने समझदारी पनि भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

भेटमा लोकतन्त्रको रक्षा, भ्रष्टाचार नियन्त्रण, कोभिड–१९ को विविध पक्ष र त्यसका कारण सिर्जित आर्थिक संकटलगायत जनसरोकारका विषयमा संसद्मा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने सम्बन्धमा समेत छलफल भएको बताइएको छ ।

छलफलमा कांग्रेसका तर्फबाट सभापति एवं पूर्वप्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय डा मीनेन्द्र रिजाल र रमेश लेखक तथा जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी थिए ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ८ : ३६ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s