२ असार २०८३, मंगलबार | June 17, 2026

कोरोनाका कारण बन्द रहेको सवारी लाइसेन्स नौ महिनापछि खुलाउँदै सरकार



काठमाडौं । सरकारले विगत नौ महिनादेखि बन्द रहेको विभिन्न किसिमका सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।

गत ११ चैत २०७६ देखि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको थियो । त्यसयता सरकारी कार्यालय खुलेर सेवा सुचारु भए पनि सवारी लाइसेन्सको परीक्षा भने खुलेको छैन ।

यातायात व्यवस्था कार्यालयले गत असारदेखि नै कार्यालय खुला गरेर सवारी दर्ता र नवीकरणको सेवा भने दिँदै आएको छ । यसरी लामो समयसम्म लाइसेन्स नखुल्दा सेवाग्राही मर्कामा पर्दै आएका छन् । सामान्य अवस्थामै लाइसेन्सका लागि भीडभाड हुने गरेकामा नौ महिनासम्म स्थगित हुँदा अब झनै चाप बढ्ने भएको छ ।

विभागले भने कोरोनाको जोखिम अझै नहटेको भन्दै कोटा तोकेर आवेदन खोल्ने तयारी गरिरहेकोे छ । लिखित र प्रयोगात्मक दुवै परीक्षाका लागि सामान्य अवस्थामा लिइरहेकोभन्दा करिब आधा मात्रै कोटा तोकेर परीक्षा सञ्चालन गर्ने तयारीमा विभागको रहेको छ । भीडभाडका कारण कोरोना संक्रमणको जोखिम हुने भन्दै कोटा तोक्न लागिएको विभागले जनाएको छ ।

विभागले सबै कार्यालयलाई परीक्षा सञ्चालनका लागि तयार रहन पत्राचार गरिसकेको जनाएको छ । कोरोना संक्रमणको सुरक्षाका लागि पीपीई, फेससिल्ड, मास्क, सेनिटाइजर आदिको व्यवस्थासहित तयार रहन विभागले भनेको छ ।

काठमाडौं उपत्यकामा भक्तपुरको जागती, काठमाडौंको ठूलो भयाङ, सुकेधारा र ललितपुरको एकान्तकुना गरी चारवटा कार्यालयमा परीक्षा सञ्चालन गर्ने गरिन्छ ।

विभागका अनुसार अब पुराना लाइसेन्स छपाइको काम भने सकिएको छ । अहिलेसम्म कुल २१ लाख स्मार्ट लाइसेन्सको माग भएको विभागले जनाएको छ ।

लकडाउनअगाडि मात्र ७ लाखभन्दा बढी स्मार्ट लाइसेन्स प्रिन्ट गर्न बाँकी रहेको थियो । ती सबै प्रिन्ट भइसकेको विभागले जनाएको छ । अब ट्रायल पास गरेकाहरूको नयाँ लाइसेन्स एक महिनाभित्रै पाउने गरी तयारी भइरहेको पनि विभाग बताउँछ ।

विगतका वर्षमा छपाइमा ढिलाइका कारण ट्रायल पास गरेकाहरूले पनि लाइसेन्स पाउन लामो कुनुपर्ने बाध्याता रहँदै आएको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ७ : ०८ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ