१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

संसद विघटनको विपक्षमा मन्त्रपरिषदमै कड्किए ३ मन्त्री, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली पहिलो पटक ओलीको विपक्षमा



काठमाडौं । संसद विघटनका लागि प्रधानमन्त्रीको प्रस्तावमा असहमती राख्ने मन्त्रीहरुलाई मन्त्रिपिरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्नै नदिएको बताईएको छ ।

बिहान ९ः४५ मा मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका प्रधानमन्त्रीले बैठक प्रारम्भ गर्दै संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता र नयाँ जनादेशमा जाने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्रीको प्रस्ताव आए लगत्तै सुरुमा कृषि मन्त्री घनश्याम भुषालले प्रधानमन्त्रीको प्रस्ताव गलत भएको भन्दै यसले पार्टी बिभाजनको दिशामा जाने बताएका थिए । उनले बहुसंख्यत कार्यकर्ताहरुको अभिमत पार्टी एकताका पक्षमा रहेकोले संस्द विघटनको बाटो जान नहुने बताए ।

भुषाल बोले लगत्तै उर्जा मन्त्री वर्षमान पुनले प्रधानमन्त्रीको प्रस्तावको कडा शब्दमा प्रतिबाद गरेका बैठकमा सहभागी एक मन्त्रीले बताए । उनले तुरुन्त आफ्नो प्रस्ताव फिर्ता लिज प्रधानमन्त्रीलाई आग्रह समेत गरेका थिए । ‘आफ्नै पार्टीको झण्डै दुई तिहाई बहुमत भएको संसद विघटन गरेर कसलाई फाइदा पुर्याउने ?’, मन्त्री पुनले भने, ‘तपाईं बेठिक गर्दै हुनुहुन्छ। यो एतिहासिक गल्ती हुने छ।’

यस अघि ओलीका बलियो समर्थक रहँदै आएका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पनि प्रधानमन्त्रीको प्रस्तावको बिरोध जनाएको ती मन्त्रीले बताए । ज्ञवालीले नयाँ जनादेशको प्रस्ताव जनतामा पुष्टि गर्न सकिने प्रस्ताव नभएकाले यस्तो प्रस्ताव नलैजान बैठकमा आगैह गरेका थिए ।

मन्त्रीहरु योगेश भट्टराई सहित केहि मन्त्रीहरुले बोल्नका लागि हात उठाएका थिए, तर प्रधानमन्त्री ओलीले आजको बैठक यत्ती भन्दै उठेर हिंडे ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १ : ३२ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका