८ चैत्र २०८२, आइतबार | March 22, 2026

रिक्त संवैधानिक निकायमा पदपूर्ति सिफारिस, मानवअधिकार आयोग अध्यक्षमा तपबहादुर मगर



काठमाडौं । संवैधानिक परिषदसम्बन्धी विवादास्पद अध्यादेश ल्याएका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायका रिक्त पदमा धमाधम नियुक्तिको सिफारिस गरेका छन् ।

राष्ट्रपतिमार्फत संसद विघटन गराएर जुनसुकै निर्णय गर्न पनि फुक्काफाल भएका ओलीले अध्यादेशअनुसार गत मंसिर ३० गतेको संवैधानिक परिाषदको बैठकले गरेको निर्णयहरु आज सार्वजनिक गराएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राई र आयुक्तमा जयबहादुर चन्दलाई सिफारिस गरेको ओली सरकारले संवैधानिक परिषदमार्फत राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा तपबहादुर मगरलाई सिफारिस गरेको छ । आयोगको सदस्यमा मनोज दुवाडी, सूर्य ढुंगेल, लिली बस्नेत थापा र मिही ठाकुर सिफारिस भएका छन् ।

यसैगरी संवैधानिक परिषद बैठकले निर्वाचन आयोगको सदस्यमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरको नाम सिफारिस गरेको छ ।

यसैगरी राष्ट्रिय महिला आयोगको अध्यक्षमा कमला कुमारी पराजुली सिफारिस भएकी छिन् भने सदस्यहरुमा कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा सिफारिस भएका छन् ।

यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा जुद्ध गुरुङ र अमरराज मिश्र सिफारिस भएका छन् ।

यसैगरी मधेसी आयोगको सदस्यमा जिवक्ष साह, रेणुदेवी शाह, विजय गुप्ता सिफारिस भएका छन् । राष्ट्रिय दलित आयोगको अध्यक्षमा देवराज विक, सदस्यमा मीना सोब, परशुराम रम्तेल, कुञ्ज बराइली र मेहेले पार्की सिफारिस भएका छन् ।

यस्तै, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा मनप्रसाद खत्री, सदस्यहरुमा रामचन्द्र जोशी, हरिभक्त जोशी, जितेन्द्र पासवान सिफारिस भएका छन् ।

यसैगरी आदिवासी जनजाति आयोगको अध्यक्षमा रामबहादुर थापालाई सिफारिस गरिएको छ भने सदस्यमा मीन श्रीस मगर, मिनसिंह लामा, रिना राना, चरण राई सदस्यमा सिफारिस भएका छन् ।

यस्तै, राष्ट्रिय मुस्लिम आयोगमा महमुद्दिम अलि र मिर्जाअर्सद बेग सिफारिस भएका छन् भने थारु आयोगमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारु, भोलाराम चौधरी सिफारिस भएका छन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ४ : २९ बजे

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded