७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने नेकपाको निर्णय, पुष ७ गते केन्द्रीय कमिटी बैठक



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी अनुशासन उल्लंघन गरेको अभियोग लगाउँदै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ओलीले पार्टी निर्णय उल्लंघन गरेको ठहर गरेको छ ।

बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको प्रवक्ता श्रेष्ठले बताए । ओलीले संसद विघटन गरेर लोकतन्त्रलाई नै खतरामा पार्ने काम गरेकाले अनुशासनको कारवाही गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणजी श्रेष्ठले जानकारी दिए ।

बैठकले राष्ट्रपतिले असंवैधानिक कदम चालेको भन्दै त्यसलाई आपत्तिजनक ठहर गरेको छ । प्रवक्ता श्रेष्ठले भने, ‘संसद विघटनको निर्णयलाई राजनीतिक रुपमा अस्वीकार गर्दै कानुनी उपचार खोज्ने बैठकले निर्णय गरेको छ ।

स्थायी कमिटीले पुष ७ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । कृष्णबहादुर महरालाई स्थायी कमिटीमा ल्याउने निर्णय गरेको छ ।

आजको बैठकमा ओली र उनी निकट नेताहरु अनुपस्थित भएका थिए । पूर्व माओवादी खेमाका रामबहादुर थापा, लेखराज भट्ट, हरिबोल गजुरेल, टोबबहादुर रायमाझी र मणि थापा पनि अनुपस्थित थिए ।

 

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ५ : ५० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई