१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग प्रधानमन्त्री ओलीले गरे छलफल



काठमाडौं । प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चारवर्ट सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।

संसद विघटनपछिको अवस्थाबारे छलफल गर्न ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका हुन् । अहिलेको सुरक्षा अवस्थाबारे जानकारी लिन प्रधानमन्त्रीले छलफल गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आइतबार साँझ भएको छलपलमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक शैलेस थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारी उपस्थित थिए । छलफलमा ओली निकट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए ।

प्रधानमन्त्रीले संसद विघटन गरेपछि नेकपाका युवा विद्यार्थीहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । मुलुकका विभिन्न स्थानमा आइतबार दिउँसो प्रदर्शन भएको थियो ।

ओलीले आइतबार नै निर्वाचन आयोगका पदाधिकारीहरुसँग पनि छलफल गरेका छन् । मध्यावधि निर्वाचन घोषणा भएको अवस्थामा प्रधानमन्त्री ओलीले निर्वाचन आयोगको तयारीबारे छलफल गरेका हुन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ६ : १८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम