१५ माघ २०८२, बिहिबार | January 29, 2026

अक्सफोर्ड मा विले बुकलेश कक्षा संचालन गर्ने, स्वास्थ्य मापदण्ड पालना गरि परीक्षा संचालन



बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड ईङ्गलिस माध्यमिक विद्यालयले संचालन गरेको अनलाईन कक्षा र त्यसपछि लिएको अनलाईन परीक्षा सफल भएको जनाएको छ ।

गएको बैशाख महिनादेखिनै जुम एम्सबाट अध्यापन गराउदै आएको अक्सफोर्डले अब्जेक्टीभ र सब्जेभ्टिभ दुबै माध्यमबाट लिएका परीक्षाहरु सफल भएको जनाएको हो ।

विद्यालयका प्रिन्सिपल दिनेश भुषालले संचारकर्मीसँग कुरागर्दै अनलाईन माध्यमबाट शुरु भएका कक्षाहरु पुर्ण रुपमा सफल भएको बताए । उनले अनलाईन कक्षा र त्यसपछि असोज अन्तिममा भएका प्रथम त्रयमासिक परीक्षामा ९० प्रतिशत भन्दाबढी विद्यार्थी सहभागि भएको उल्लेख गर्दै अनलाईन परीक्षामा पनि फिजिकल जस्तै विद्यार्थीहरु सहभागि भएको बताए ।

यसैबीच अक्सफोर्ड माध्यमिक विद्यालयले आईतबारदेखि फिजिकल रुपमा अर्धबार्षिक परीक्षा शुरु गरेको छ । वर्तमान परिस्थीतिलाई मध्यनजरगर्दै विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरि परीक्षा संचालन गरेको हो । दुई कक्षादेखि दश कक्षासम्मका विद्यार्थीहरु सहभागि भएको परीक्षामा ९७ प्रतिशत विद्यार्थीहरु परीक्षामा सहभागि भएको प्रिन्सिपल भुषालले जानकारी दिए ।

उनले कोरोना कहरले शिक्षा क्षेत्रमा सुचना र प्रविधिको अधिकतम प्रयोग गर्ने अवसर विद्यार्थीले पाएको उल्लेख गर्दै नयाँ एप्स र सफ्टवेयरबाट विद्यालयका केही विषय बुकलेश बनाउने अभियानमा अक्सफोर्डले रहेको जानकारी दिए ।

अक्सफोर्डले अहिले कक्षा नर्सरीदेखि अनलाईन र कक्षा ६ देखि फिजिकल रुपमा कक्षाहरु संचालन गर्दै आएको सहायक प्रिन्सिपल मोहन क्षेत्रीले जानकारी दिए । क्रमश प्राथमिक तहदेखिनै फिजिकल रुपमै कक्षा संचालन गर्ने विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ७ : ३७ बजे

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।