२ चैत्र २०८२, सोमबार | March 17, 2026

संक्रमण बढेसंगै केही यूरोपेली मुलुकमा फेरि लकडाउन घोषणा



एजेन्सी । विश्व समुदायले कोभिड-१९ विरुद्धको खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहँदा फेरि संक्रमण फैलिएको भन्दै युरोपका अधिकांश मुलुकहरूले लकडाउनको योजना सार्वजनिक गरेका छन् ।

केही सातायता बेलायतमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि फेरि लकडाउन गर्नु परेको बेलायती अधिकारीहरूले बताएका छन् ।

बेलायतमा कोरोना भाइरसको खोप लगाउने प्रक्रिया चलिरहँदा पनि यसको प्रभावलाई कम गर्न लकडाउनको विकल्प नभएको विशेषज्ञहरुले सुझाब दिएपछि युरोपेली मुलुकहरूले लकडाउनको विकल्प रोजेका हुन् । बेलायतले महामारी नियनत्रणका लागि चौथो चरणको प्रतिबन्धात्मक नियमहरू जारी गरेको छ ।

कोरोना भाइरसको तेश्रो लहर शुरु भएको अष्ट्रेलियाको भिक्टोरिया राज्य र सिड्नी शहरमा कोरोना नियन्त्रणका लागि सीमा नाका बन्द गरिएको छ । सिड्नीको उत्तरी क्षेत्रमा कोरोना संक्रमितहरुको दर बड्दै गएपछि भिक्टोरियाको क्षेत्रीय प्रसासनले सीमा नाका बन्द गर्ने र सर्वसाधारणलाई १४ दिन बाहिर निस्कन नदिने निर्णय गरेको हो ।

यसैगरी कोभिड-१९ बाट बढी प्रभावितमध्येको अर्को यूरोपेली मुलुक इटलीमा पनि सोमबारबाट १५ दिनसम्म महामारी नियन्त्रणका विभिन्न उपायलाई सक्रिय गरिएको छ । अङ्ग्रेजी नयाँ वर्ष र क्रिश्चियन धर्मावलम्बीहरूको प्रमुख चाडलाई महत्व दिइने ती मुलुकहरूमा पर्व र नयाँ वर्षका समय ठूला जमघट र आवागमन हुने सम्भावनालाई मध्यनजर गर्दै प्रतिबन्ध लगाएका हुन् ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ६ : ३५ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित