७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

कर्णाली करिडोर : हुम्ला सडकखण्ड चैतभित्र तयार हुँदै



सिमकोट । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको हुम्ला सडकखण्डमा चैतसम्ममा सवारी साधन सञ्चालन हुने भएको छ । नेपाली सेनाले जिम्मा लिएको सो खण्डको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

मेसिन र कामदारबाट सडक निर्माण भइरहेकाले आउँदो चैतसम्ममा यो सडकखण्डमा सवारी साधन सञ्चालन हुने नेपाली सेनाको सडक निर्माण दलका आयोजना प्रमुख मिलन कार्कीले बताए ।

सेनाले निर्माण गरिरहेको बाजुरा र हुम्लाको सीमा कवाडीदेखि सर्केगाड र चँखेली गाउँपालिकाको सीमा सलिसल्लासम्म चैतसम्ममा सवारी साधन चलाउनयोग्य बनाउने उनले जानकारी दिए ।

कवाडीदेखि सलिसल्लासम्मको ३९ किलोमिटर सडकमध्ये ताँजाकोट गाउँपालिकाको कवाडीदेखि सर्केगाड गाउँपालिका–१, बालुकुनासम्मको २७ किलोमिटर सडक सवारी साधन चलाउन सकिने भएको छ ।

सवारी साधन सञ्चालन गर्न सिफारिससमेत भइसकेको छ । बालुकुनादेखि सर्केगाड–१, खच्चासम्मको साढे नौ किलोमिटर सडकमा सामान ढुवानी गर्ने र सेनाको गाडी चलिरहेका छन् । बाँकी साढे दुई किलोमिटर क्षेत्रमा मात्र सडक निर्माण पूरा भएको छैन ।

नेरघाट, पम्पडे र सलिसल्लाको चट्टानी भागको साढे दुई किलोमिटर भाग मात्र बाँकी रहेको सेनाको निर्माण दलले जनाएको छ । सो क्षेत्रमा पनि काम भइरहेको छ ।

सडक निर्माणमा दैनिक नेपाली सेनाका ९० जना र अन्य दुई सय जना कामदार संलग्न छन् । ग्याबिन लगाउने, माटो भर्ने, सिमेन्टको काम र विस्फोटक पदार्थ प्रयोग गरी चट्टान फुटाउने काम एकसाथ अगाडि बढिरहेको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ७ : १७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल