२९ मंसिर २०८२, सोमबार | December 16, 2025

देशी विदेशी षड्यन्त्रद्वारा आफुलाई घेरावन्दीमा पारेपछि प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु आफ्नो रहन नभै बाध्यता भएको बताएका छन् ।

सोमबार बिहान आफु निकट सांसदलाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्र आफुलाई घेरावन्दीमा पार्न देशी विदेशी षड्यन्त्र भएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको स्पष्ट पारेका छन् ।

ओलीले ताजा जनादेशमा जानु आफ्नो रहर नभएको बताउँदै सरकारलाई काम गर्ने बाटो नै नदिएपछि त्यसको विकल्प नभएको बताएका छन् । ओलीले भने,  ‘हामी एकता एकीकरणका काम टुङ्ग्याएर सहमतिका साथ एकताको महाधिवेशन गर्ने, विचार, संगठन र गन्तब्यमा स्पष्ट पार्टी बनाउन सक्रिय थियौं । तर, उहाँहरु एकतामा भावनात्मक सम्मानका लागि गरिएको ब्यवस्थालाई दुरुपयोग गरेर पछाडी फर्कनै नसक्नेगरी समीकरणका आधारमा पार्टीलाई चिरा पार्ने र बिग्रह, बेमेलको वतावरण निर्माण गर्न अग्रसर हुनु भयो’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संसद् बिघटन मेरो निजी रोजाई होइन, पार्टीको आन्दोलन र भविष्य जोगाउन अरु कुनै बिकल्प नभएपछि भारी मनका साथ ताजा जनादेशका लागि जनतामा जाने निर्णय गर्नु प-यो ।’

सम्बोधनका क्रममा ओलीले पार्टी अध्यक्ष प्रचण्डको चर्को आलोचना गरेका थिए । ओलीले पार्टी एकताको समयमा प्रचण्डले दुःख मान्लान भनेर अध्यक्ष दिएको दाबी गर्दै अहिले नेकपा एमालेको अध्यक्षलाई कारवाही गर्ने रे भन्दै व्यङ्ग्य समेत गरे । ओलीले आफु नै पार्टीको आधिकारिक अध्यक्ष र संसदीय दलको नेता भएको दाबी गर्दै उपयुक्त समयमा पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने बताए ।

ओलीले विचार, संगठन र गन्तब्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल लगायतका नेताहरु सरकारका मुलुकको काममा अवरोध गरी बिग्रहतिरको बाटोमा अग्रसर भएको दाबी समेत गरे ।

सो भेलामा पूर्व माओवादीका तर्फबाट उद्योगमन्त्री लेखराज भट्ट सहभागी भएका थिए । तर, गृहमन्त्री रामबहादुर थापा बादल भने सहभागी भएनन् । उनी त्यस समय आफ्नै निवासमा आफु निकट सांसद र केन्द्रीय सदस्यहरुसँग छलफलमा व्यस्त थिए । कतिपयले आशंका गरेका टोपबहादुर रायमाझी र हरिबोल गजुरेल समेत ओलीको भेलामा सहभागी भएनन् ।

 

 

 

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १२ : ३० बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको