१९ बैशाख २०८१, बुधबार | May 1, 2024

हवाई पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको छ : निवर्तमान पर्यटनमन्त्री भट्टराई



काठमाडौ । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सुशासन प्रवद्र्धन, नीतिगत सुधार तथा नागरिक उड्डयन क्षेत्रको पूर्वाधार विकास र सेवा सुदृढीकरणमा उल्लेख्य काम भएको बताएका छन् ।

विकसित राजनीतिक घटनाक्रमपछि आइतबार पदबाट राजीनामा दिएका भट्टराईले आज मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा आफ्नो १७ महिने कार्यकालमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको विषमावस्थामा पनि मन्त्रालयले नीतिगत र प्रशासनिक सुधारका काम गरेको जिकिर गरे।

नागरिक उड्डयनतर्फ पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताउँदै उनले भने “चाहेर पनि मन फुकाएर काम गर्न र प्रभावकारी योजना अघि बढाउन सकिएन । सङ्कुचित र नियन्त्रित ढङ्गले काम गर्नुपर्ने बाध्यता थियो, त्यसैले सोचेअनुरुप उपलब्धि भएन ।”

नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का नेता भट्टराईले विसं २०७६ साउन १५ गते पर्यटनमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा आर्थिक वर्षको कार्यक्रम कार्यान्वयन तथा वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेका सन्दर्भमा बढी नै जिम्मेवारी थियो । मुलुकको अर्थतन्त्रको मुख्य आधार पर्यटन क्षेत्रमा पूर्वाधार विकास र गन्तव्य प्रवद्र्धन गरी अर्थतन्त्रलाई बलियो बनाउने दायित्वलाई पनि आत्मसात् गरेर कार्ययोजना अघि बढाइएको पूर्वमन्त्री भट्टराईले बताए।

पर्यटन मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा झण्डै ६० प्रतिशत भौतिक प्रगति गरेको थियो । महामारीका कारण छ महिना पूँजीगत खर्च हुन नसकेको र प्रभावकारीरुपमा जनशक्ति परिचालन हुन नसकेपछि मन्त्रालयले लिएको ८० प्रतिशतभन्दा बढी लक्ष्यलाई भेट्टाउन नसकिएको भट्टराईको भनाइ थियो ।

पर्यटन मन्त्रालयले पूर्वाधार विकासतर्फ निकै प्रगति गरेको छ । नागरिक उड्डयन क्षेत्रमा राष्ट्रिय गौरवका आयोजना गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलको उल्लेख्य प्रगति छ । गौतमबुद्ध विमानस्थल शीघ्र सञ्चालनको तयारीमा छ ।

निवर्तमान मन्त्री भट्टराईले पूर्वाधार विकास, आधुनिक उपकरण जडान र सुरक्षित उडानमा प्रगति हासिल भएको बताए। युरोपेली सङ्घले नेपालको हवाई क्षेत्रमाथि लगाएको प्रतिबन्ध फुकुवाका लागि सकारात्मक पहलकदमी लिएको र अब छिट्टै नेपाल सङ्घको सुरक्षा चासो सूचीबाट हट्ने विश्वास व्यक्त गरे।

मन्त्रालयले विसं २०३४ को ऐन विस्थापन गरी नयाँ पर्यटन ऐन मस्यौदा तयारी गरी मन्त्रिपरिषद्मा पठाउने चरणमा छ । हवाई नीति मस्यौदा पनि मन्त्रिपरिषद्मा लैजाने तयारी छ । मुलुक सङ्घीय संरचनामा गएपछि पर्यटकीय पूर्वाधारमा तीन तहका सरकारको साझेदारीलाई अघि बढाइएको छ । मन्त्रालयले करीब २०० आयोजना छनोट गरेको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ५ : ११ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी