४ चैत्र २०८२, बुधबार | March 19, 2026

दिउँसो पूर्व माओबादीका सहकर्मीसँग बसेका गृहमन्त्री ‘बादल’ साँझ बालुवाटारमा



काठमाडौं । दिनभरी आफु निकट नेकपाका नेता कार्यकर्तासंग वार्तालाप गरेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ साँझ बालेवाटार पुगेर प्रधनमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीले बालुवाटार आउन भनेपछि ‘बादल’ बालुवाटार गएको बताईएको छ ।

बादल सोमबार साँझ प्रधानमन्त्री भेट्न बालुवाटार पुगेको उनको सचिवालयले पुष्टि गरेको छ । बालुवाटार पेगेर गृहमन्त्री ‘बादल’ले प्रधानमन्त्री ओलीसँग एक घण्टा कुराकानी गरेका थिए । भेटमा भएको कुराकानीबारे भने बालुवाटार र ‘बादल’ निकट दुबै श्रोतले सार्वजानिक गर्न चाहेन ।

दिनभरी जसो पूर्व माओबादी समूहमा बादल निकट रहेर लामो समय काम गरेका नेकपाका नेता कार्यकर्ताको दवाव खेपेका बादल साँझ बालुवाटार पस्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री र गृहमन्त्री बीच भएको भेटले राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ । बादल भेटन दिउँसो नेकपाका नेता पम्फा भुसाल, देव गुरुङ, हितमान शाक्य, रामदीप आचार्य, अमृता थापामगर, लेखनाथ न्यौपाने, मनोज थापा, यशोदा सुवेदी, सूर्यप्रकास सुवेदी, मायाप्रसाद शर्मा, युवराज भराई, सुरेश आलेमगर, महेश्वर दाहाल लगायतको टोलि मन्त्री क्वाटर पुल्चोक पुगेका थिए ।

सुरुमा कित्ता परिवर्तन गर्दै ओली समूहमा लागेको भनिएका बादल आज ओली गुटले गरेको भेलामा पनि सहभागी भएका थिएनन् । बादल भेटन गएका नेकपा नेताहरुले बादलको आधकारीक धारणा छिट्टै आउने बताएका थिए ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १० : ३४ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन