३० भदौ २०८३, मंगलबार | September 16, 2026

राईड टु रानीमहल सिजन टु को टिसर्ट र ज्याकेट लन्च



बुटवल । राईड टु रानीमहल सिजन २ को तयारी पुरा भएको छ ।

रुपन्देही जिल्ला साईक्लिङ संघको आयोजना तथा लुम्बिनी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन डिभिजन कार्यालय रुपन्देही, साईन रेसुङा विकास बैक, बुटवल उपमहानगरपालिका, तानसेन नगरपालिकासहित विभिन्न संघसंस्थाहरुको सहयोगमा पुस १० र ११ गते हुने कार्यक्रम हुदैछ ।

सोमबार एक समारोहका बिच उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री लिला गिरि, मन्त्रालयका सचिव डा.राजन केसी, पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ती पाण्डे, साईन रेसुङा विकास बैकका डिपुटी प्रकाश गुरुङले सामुहिक रुपमा टिर्सट तथा ज्याकेट लन्च गरेका छन ।

कार्यक्रममा मन्त्री गिरिले खेलकुदबाट ब्यक्तिमा अनुसासनसंगै पर्यटन विकासमा समेत टेवा मिल्ने बताए । नेपालको ऐतिहासिक पर्यटकिय रानीमहलको प्रवर्दन गर्ने पवित्र उदेश्यका साथ हुन गैरहेको साईक्लिङको कार्यक्रममा प्रदेश सरकारको साथ रहेको उनले बताए ।

पर्यटन नै विकासको आधार भएको भन्दै यसमा युवाहरु नै अघि बढ्नुपर्ने उनले सुझाव दिए । रुपन्देही जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापाले सबैको साथ र सहयोगबाट राष्ट्रियस्तरको साईक्लिङ कार्यक्रम गर्न लागेको बताए ।

कार्यक्रम पुस १० गते बुटवलको सामरिक, ऐतिहासिक स्थल जितगढी किल्लाबाट बिहान शुभारम्भ हुने छ । कार्यक्रममा काठमाण्डौ, पोखरा, नेपालगंज, नारायणगढ लगायत स्थानबाट करिब १ सय ५० खेलाडीहरु सहभागी हुने उनले बताए ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ७ : १७ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज