१ पुस २०८२, मंगलबार | December 16, 2025

महासचिवको सूचना र माइन्युट बिनाको बैठकले वैधानिकता पाउँदैन : ओली समुहका प्रवक्ता ज्ञवाली



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले महासचिवले सुचना नगरेको र माईन्युट नभएको बैठक वैधानिक हुन नसक्ने बताएका छन् ।

ओली समुहको केन्द्रीय कमिटी बैठकपछि बैठकका निर्णय सार्वजानिक गर्दै प्रवक्ता ज्ञवालीले प्रथम अध्यक्षको सल्लाहमा महासचिवले बोलाएको बैठक मात्र वैधानिक हुने दाबी गरे ।

ज्ञवालीले पार्टीले कसैलाई कारवाही नगरेको जानकारी दिँदै बैठकमा बोलाइए पनि अर्का अध्यक्ष प्रचण्ड बैठकमा अनुपस्थित भएको बताए । उनले सरकारलाई हटाउनै पर्ने गरी कुनै नराम्रो काम नगरेको जिकिर गर्दै राष्ट्रियता बलियो हुँदै गएको र विश्वमानचित्रमा नेपालको प्रोफाइल बन्दै गएको बेला सरकार ढाल्ने खेल भएपछि संसद विघटनको बाटो अवलम्बन गर्नुपरेको बताए ।

बाहिर विरोध गरेपनि अन्य पार्टीहरुले भित्रभित्र पार्टीहरुले चुनावको तयारी गरिरहेको दाबी गर्दै प्रवक्ता ज्ञवालीले लोकतन्त्रलाई स्वीकार गर्ने कुनै पनि पार्टी चुनावबाट नभाग्ने विश्वास व्यक्त गरे । प्रतिनिधिसभा मात्र विघटन भएको नेकपा विघटन भएको होईन । पार्टी एकताबद्ध नै छ । उनले भने ९माईन्युट र महासचिवको सुचना बिना बसेको बैठक आधिकारीक हुन्छ र रु

प्रधानमन्त्रीसँग अहिलेपनि ६४ प्रतिशत सांसदको समर्थन रहेको दाबी गर्दै ३६ प्रतिशत सांसदले गरेको निर्णयको अर्थ नरहने ज्ञवालीले दाबी गरे ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  २ : १८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज