१२ बैशाख २०८१, बुधबार | April 24, 2024

एक तिहाई बसेर तीन तिहाई सदस्य थप्न मिल्छ ? : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बैठक अवैधानिक भएको दाबी गरेका छन् ।

आफु निकट केन्द्रीय कमिटी सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कमिटीका एक तिहाई मात्रै सदस्य उपस्थित बैठक बैधानिक बन्नै नसक्ने जिकिर गरेका हुन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्दै प्रश्न गरे, ‘एकतिहाई सदस्य बसेर दुई तीन तिहाई सदस्य थप्ने विचित्रको निर्णय गर्नु भएछ । यस्तो गर्न मिल्छ ?’

बैठकमा नेकपाका ३१० जना केन्द्रीय सदस्य उपस्थित छन् । यो नेकपाको केन्द्रीय कमिटीको दुई तिहाई भन्दा बढी संख्या हो । नेकपा केन्द्रीय कमिटी ४४१ सदस्यीय रहेको छ ।

प्रचण्डले बालुवाटार भएको ओली पक्षको केन्द्रीय कमिटी बैठकलाई भेलाको संज्ञा दिँदै त्यसले वैधानिकता प्राप्त गर्न नसक्ने बताए । उनले भने, ‘६५ प्रतिशत केन्द्रीय सदस्य यहाँ हुनुहुन्छ, केही केन्द्रीय सदस्य बाटोमा हुनुहुन्छ । निर्वाचन आयोगको नियम कानुन ऐनअनुसार यो बैठक वैधानिक र आधिकारिक हो । बालुवाटारमा भएको भेला वैधानिकता प्राप्त लायक छैन । संवैधानिक निकायका पदाधिकारीले संविधान ऐन अनुसार विधिसम्मत ढंगले चल्छन् भन्ने अपेक्षा छ । विधिलाई ती सबैले सम्मान गर्नेछन् भन्ने अपेक्षा राखेको छु ।’

ओली समुहका केन्द्रीय सदस्यहरुको आजै बालुवाटारमा बसेको बैठकले केन्द्रीय कमिटीलाई विस्तार गरेर ११ सय ९९ महाधिवेशन आयोजक कमिटी बनाएको थियो ।

प्रचण्डले दुईवर्षसम्म ओलीको संगतबारे किस्सा सुनाउँदै सचिवालय सदस्यहरुलाई बोल्न पनि नदिने खालको व्यवहार भएको स्मरण गरे । ‘बैठक बस्न पनि अनुनय विनय गर्नुपर्ने अवस्थाबाट हामी गुज्रियौं’, उनले भने ।

अध्यक्ष प्रचण्डले पार्टी उपाध्यक्ष वामदेव गौतम र नेता रामबहादुर थापालाई पार्टी बैठकमा सहभागी हुन आग्रह समेत गरे । दुवै नेतासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै उनले भोलिदेखि दुवै नेता आफुहरुसँग सँगै हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ४ : ३३ बजे

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने