७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सरकारको असंवैधानिक कदम विरुद्ध काँग्रेसले सशक्त प्रतिरोध गर्छ : सभापति देउवा



काठमाडौं । नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिभा भंग गर्नु असंवैधानिक भएको बताएका छन् ।

काँग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले असंवैधानिक कदम विरुद्ध काँग्रेस सशक्त रुपमा प्रस्तुत हुने बताए ।

देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै असंवैधानिक कदमविरूद्ध प्रतिरोध गर्नुपर्ने धारणा राखे । काँग्रेस जिम्मेवार भएर अघि बढ्ने बताउँदै देउवाले राष्ट्र संकटमा परेको बेलामा अभिभावकीय भूमिका खेल्ने बताए ।

बैठकलाई सम्बोधन गर्दै नेता रामचन्द्र पौडेलले ओली सरकारको कदमलाई कुनै पनि बहानामा स्वीकार गर्न नहुने जिकिर गरे । पौडेलले पार्टीका कोही पनि नेता अहिले सत्ताको लोभमा पर्न नहुने बताए ।
बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले बैठक जारी रहेको जानकारी दिए । केन्द्रीय सदस्यहरूले बोल्‍ने क्रम सकिएपछि काँग्रेसले उपयुक्त निर्णय लिने उनले बताए ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ५ : १६ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने