८ चैत्र २०८२, आइतबार | March 22, 2026

राष्ट्रपति भण्डारीलाई भेट्न चिनियाँ राजदूत यान्छी शितलनिवासमा



काठमाडौँ । राष्ट्रपति बिद्यादेबी भण्डारी र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी बीच शितलनिवासमा भेटवार्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न राजदूत यान्छी शितलनिवास पुगेकी छन् । साँझ करिब ६ बजे राजदूत यान्छी राष्ट्रपति निवास पुगेको बताईएको छ ।

सुरुदेखि नै नेकपा विभाजनको विपक्षमा रहेकी यान्छी नेपालमा विकसित भएको राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला भेटवार्ताका लागि शितलनिवास पुगेकी हुन् । एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले मन्त्रालयमार्फत् समय मागेको भएपनि राष्ट्रपतिले भेटका लागि समय नदिएको श्रोतहरुले उल्लेख गरेका छन् । उनले कोभिड(१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा कुरा गर्न राष्ट्रपतिसँग भेट गर्न भृपनि राष्ट्रपतिले समय नदिएको श्रोतले जनाएको छ ।

अघिल्लो पटक नेकपामा देखिएको विवादका बेला सक्रियताका साथ दौडधुप गरेकी यान्छी यसपटक भने भेटघाटमा सक्रिय थिइनन् । चीनले नेकपा विवादमा पार्टी विभाजन हुन नदिन कुटनीतिक प्रयासहरु गरेपनि आज नेकपा औपचारीकरुपमा विभाजित भएको छ ।

 

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ९ : ०४ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड