१७ माघ २०८२, शनिबार | January 31, 2026

राष्ट्रपति भण्डारीलाई भेट्न चिनियाँ राजदूत यान्छी शितलनिवासमा



काठमाडौँ । राष्ट्रपति बिद्यादेबी भण्डारी र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी बीच शितलनिवासमा भेटवार्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न राजदूत यान्छी शितलनिवास पुगेकी छन् । साँझ करिब ६ बजे राजदूत यान्छी राष्ट्रपति निवास पुगेको बताईएको छ ।

सुरुदेखि नै नेकपा विभाजनको विपक्षमा रहेकी यान्छी नेपालमा विकसित भएको राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला भेटवार्ताका लागि शितलनिवास पुगेकी हुन् । एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले मन्त्रालयमार्फत् समय मागेको भएपनि राष्ट्रपतिले भेटका लागि समय नदिएको श्रोतहरुले उल्लेख गरेका छन् । उनले कोभिड(१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा कुरा गर्न राष्ट्रपतिसँग भेट गर्न भृपनि राष्ट्रपतिले समय नदिएको श्रोतले जनाएको छ ।

अघिल्लो पटक नेकपामा देखिएको विवादका बेला सक्रियताका साथ दौडधुप गरेकी यान्छी यसपटक भने भेटघाटमा सक्रिय थिइनन् । चीनले नेकपा विवादमा पार्टी विभाजन हुन नदिन कुटनीतिक प्रयासहरु गरेपनि आज नेकपा औपचारीकरुपमा विभाजित भएको छ ।

 

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ९ : ०४ बजे

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

चौथो न्यू होराइजन कप अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो न्यू होराइजन कप अन्तर माध्यमिक

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।