१ पुस २०८२, मंगलबार | December 16, 2025

म्याग्दीका सांसदहरुले दिएनन् ओलीलाई साथ, दुवै पक्षका भेलामा अनुपस्थित



बेनी । म्याग्दीका सांसदहरु नेकपा विभाजनको सन्दर्भमा तटस्थ बसिदिएका छन् । सुरुमा ओली पक्षको गणाना गरिएको प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापा र समानुपातिक साँसद थममाया थापा हिजो र आज सम्पन्न ओलीका बिभिन्न कार्याक्रममा उपस्थित नभएपछि उनीहरुको तटस्थता पुष्टि भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ओली समूहले मंगलबार गरेको केन्द्रिय कमिटीको भेलामा पूर्व मन्त्री तथा प्रतिनिधिधि सभाका सांसद थममाया थापा र सांसद भुपेन्द्र बहादुर थापा अनुपस्थित भएपछि उनीहरुले कित्ता परिवर्तन आशंका गरिएको छ ।

लामो समयदेखि ओली पक्ष भनेर परिचित थममाया थापाले ओलीले संसद विघटनको निर्णय गरे लगत्तै त्यसको बिरोध जनाएकी थिईन् । म्याग्लीका दुवै सांसदहरु दुवै पक्षको भेलामा नगएर तटस्थ बसेको थापा निकट श्रोतले जनाएको छ ।

भुपेन्द्र म्याग्दीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने पूर्व मन्त्री थापा समानुपातिक सांसद हुन् । अहिले पनि दुवै जनाको नेकपाको केन्द्रिय सदस्य वहाल रहेको छ ।

म्याग्दीमा सांसद थापा द्धयका साथै जिल्ला सम्न्वय समितिका प्रमुख देवेन्द्र वहादुर केसी र पार्टी सचिव हरिकृष्ण श्रेष्ठ पनि पार्टीको दुबै कित्तामा खुलेका छैनन् ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १० : ५५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज