७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सडकमा भेटिएका दुई बंगलादेशीलाई स्वदेश फर्काइँदै, प्रधानमन्त्री ओलीले गरे बिदाइ



काठमाडौं । चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन गुजार्दै गर्दा उद्धार गरिएका दुई बंगलादेशी नागरिकलाई बुधबार स्वदेश फर्काइँदै छ ।

सहयोगापेक्षी सडक मावनको उद्धार, संरक्षण र पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमले बंगलादेशी ममिना बेगम (गीता) र मोहम्मद बबुल (बाबुलाल)लाई विसं २०७२ मा सडकबाट उद्धार गरेको थियो ।

पाँच वर्ष आश्रममा राखेपछि नेपालस्थित बंगलादेशका राजदूतावासमार्फत घर परिवार पहिचान भएको आश्रमका सचिव सुशीला केसीले जानकारी दिइन् । उनीहरूलाई चार्टर्ड फ्लाइटमार्फत घरमा पुनःमिलन गराउन लागिएको उनले बताएकी छन् ।

चितवनको रामनगरबाट उद्धार गर्दा बेगमको शरीरभरि कमिलाले ढाकोको थियो। हातको घाउ कुहिएर किरा परेको थियो । घाउको गन्धले वरिपरि जानै मुस्किल थियो ।

विक्षिप्त अवस्थाकी बेगमलाई भरतपुर अस्पताल लगेर शल्यक्रिया गरी उपचार गरिएको र अहिले सबै समस्या समाधान भएको आश्रमले जनाएको छ । बाबुलाललाई लम्जुङको सडकमा अर्धचेत अवस्थामा फेला पारिएको थियो। अहिले उनी पनि स्वस्थ भइसकेका छन् ।

बुधबार उनलाई परिवारमा पुनःमिलन गराउन केसी र अर्का अभियानकर्मी देवेश गुप्तासँगै जाँदैछन् । उनीहरूलाई मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओली र उनीकी धर्मपत्नी राधिका शाक्यले विदाईसमेत गरिसकेका छन् ।

आश्रमले यसअघि पनि तीन बंगलादेशी नागरिकलाई परिवारमा पुनःमिलन गरिसकेको छ । हालसम्म ४८ विदेशीको परिवारमा मिलन गराइसकिएको छ ।

अझै झण्डै १०० विदेशी नागरिक आश्रमको संरक्षणमा छन् । त्यसमा धेरै भारतीय छन् । उनीहरूको पनि परिवार खोजेर मिलन गराउने प्रयास भइरहेको जनाइएको छ । रासस

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ६ : ५६ बजे

शुद्ध नेपाली अर्गानिक चलचित्र हो ‘मनसरा’ : निर्देशक सुब्बा

बुटवल । जारी चलचित्रको सफलतापछि अभिनेतामा गनिएका उपेन्द्र सुब्बा एकाएक

बुटवलको एक होटलमा बाबुले गरे छोरीको हत्या

बुटवल । बुटवलको एक होटलमा बाबुले छोरीको हत्या गरेको छन

क्यानडामा विदेशी नागरिकलाइ सन् २०२७ सम्म घर किन्न प्रतिबन्ध

क्यानडा । विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा