१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

तातोपानी कुण्डमा नुहाउनेको घुइँचो



सिमकोट । हिउँदको याम सुरु भएसँगै जिल्लामा रहेका तातोपानीका कुण्डहरुमा नुहाउनका लागि स्थानीयवासको घुइँचो लाग्ने गरेको छ ।

खार्पुनाथ गाउँपालिकाको खार्पुमा रहेको तातोपानी कुण्डमा यतिबेला नुहाउने र कुण्डमा बस्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ । खार्पु तातोपानी कुण्डमा दैनिक पाँचदेखि १० जना सम्म नुहाउन तथा तातोपानीको बाफ लिन आउने गरेको स्थानीय सम्झना शाहीले बताए।

कर्णाली नदी नजिक रहेका तातोपानीका कुण्डहरुमा महिला, वृद्धवृद्धा र बाथ रोगका बिरामीहरू बस्नेगरेका छन् । तातोपानी कुण्डमा नुहाउँदा बाथ तथा छालासम्बन्धी रोगहरुको उपचार हुने मान्याताले गर्दा हुम्लाका टाढाटाढा गाउँबाट पनि मानिसहरु आउने गरेको शाहीले बताए ।

तातोपानी कुण्डमा सरसफाइ गर्न पनि सहज हुने र शरीरलाई समेत फाइदा हुने भएपछि तातोपानी कुण्ड प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको उनको भनाइ छ ।

खार्पुमा रहेको तातोपानी कुण्डमा नुहाउन तथा बाफ लिन राहदेव फुचा, दुर्पा, ठेहे ताक्ला लगायतका गाउँबाट मानिस आउने गरेको अर्का स्थानीय धिरु भण्डारीले बताए । हुम्लामा चंखेलीको दर्बी, सर्केगाडको उनापानी, खार्पुनाथको खार्पु र नाम्खाको केर्मीमा तातोपानीको कुण्ड रहेका छन् ।

कर्णाली नदीको छेउबाट निस्कने तातोपानी र कुण्डमा नुहाउँदा, बाफ लिँदा, शरीर तातोपानीको कुण्डमा सेकाउँदा हल्का हुने, बाथ रोग निको हने, शरीर मसाज हुने, कुण्डको पानी पिउँदा पेट सफा हुने र छालासम्बन्धी सबै रोग निको हुने भएकाले स्थानीयवासीहरु एक सातादेखि १० दिनसम्म तातोपानीको कुण्डमा बस्ने गर्दछन । रासस

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ८ : ४२ बजे

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१