२२ आश्विन २०८३, बिहिबार | October 9, 2026

नेकपा ओली र प्रचण्ड माधव दुबै समूहले आफु आधिकारिक भएको दाबी, प्रचण्ड माधव समूह बहुमत हस्ताक्षर लिएर निर्वाचन आयोग जाँदै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) औपचारिकरुपमा विभाजित भएपछि आ आफु आधिकारिक नेकपा भएको दुबै पक्षले दाबी गरिरहेका छन् । नेकपा ओली समूहले मंगलबार केन्द्रीय समिति बिस्तार गरेको सुचना निर्वाचन आयोगमा दर्ता गर्दै आफु आधिकारिक नेकपा भएको दाबी गरेको थियो भने आज बुधकार नेकपाको प्रचण्ड(नेपाल पक्षले ३ सय १५ केन्द्रीय समितिको हस्ताक्षरसहितको विवरण लिएर आफुहरु आधिकारिक नेकपा भएको दाबी प्रस्तुत गर्न निर्वाचन आयोग जाने भएका छन् । सो समूहले यस अघि नै अध्यक्ष केपी ओलीलाई कारवाही प्रक्रिया अगाडी बढाएको सुचना आयोगमा बुझाएको थियो ।

स्रोतका अनुसार बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित सबै विवरण बुझाउन नेकपा माधव प्रचण्ड समूहका नेताको टोली अहिले बिहान निर्वाचन आयोग जानेछ।

यसअघि नेकपा विभाजित हुने अवस्था आएपछि माधव प्रचण्ड समूहले ४ सय ४१ सदस्यको विवरण आयोगमा बुझाएको थियो।

नेकपाको आधिकारिक पार्टी हुन बहुमत सदस्य र ती सबैको विवरण, नागरिकतासहित सनाखत हुनुपर्ने व्यवस्था छ।

सोमबार स्थायी समिति सदस्य लीलामणि पोखरेलले निर्वाचन आयोग पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाइएको र केन्द्रीय सदस्यको बहुमत प्रचण्ड(नेपालका पक्षमा रहेको दाबी पत्र दर्ता गरेर फर्केका थिए ।

निर्वाचन आयोगबाट पार्टीको नाम, चुनाव चिह्न पनि बहुमत सदस्य भएको पक्षले नै पाउनेछ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १० : ३४ बजे

अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ नापी कार्यालय, डिल्लीबजारअन्तर्गत

सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

काठमाडौँ । सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना,

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

बूढानिलकण्ठबाट २१ किलो बढी सुन बरामद

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो बढी सुन बरामद भएको

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : टंकप्रसाद गैरे नेतृत्वको प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि