३ असार २०८३, बुधबार | June 17, 2026

वालिङ नगरपालिकाद्धारा महिला खेलाडीको प्रोत्साहनका लागि छात्रवृत्ति



वालिङ । वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीको प्रोत्साहनका लागि छात्रवृत्तिको व्यवस्था मिलाउने भएको छ ।

नगरपालिकाको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीको अध्ययनका लागि सम्बन्धित विद्यालय तथा क्याम्पससँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था मिलाउने तयारी गरेको नगर प्रमुख दिलीपप्रताप खाणले बताए ।

“महिला फुटबलमा निक्कै सम्भावना बोकेको वालिङका महिला खेलाडीलाई खेलसँगसँगै उनीहरुको शैक्षिक योग्यतालाई पनि मध्यनजर गर्दै छात्रवृत्तिको व्यवस्था मिलाउने तयारी गरेका छौं” नगर प्रमुख खाणले भने,“जसले गर्दा खेलसँगै अध्ययन पनि राम्रो हुने र थप आर्थिक बोझ पर्ने छैन ।”

“नगरपालिकाले फुटबल खेलको विकास र खेलाडीको आन्तरिक प्रतिभालाई प्रस्फुटन गराउनका लागि प्रतिवद्ध भएर लगानी गरेको छ”, उनले भने, “खेलकूदका क्षेत्रमा गरिएको खर्च, खर्च नभइ लगानी हो, भोलिका दिनमा यसले पक्कै पनि प्रतिफल दिन्छ ।”

वालिङको महिला फुटबल टिमले यसअघिका प्रतियोगितामा सहभागिता जनाउँदै राष्ट्रियस्तरमै उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकाले आगामी लिगमा सर्वोत्कृष्ट बन्नका लागि आवश्यक रणनीति अपनाउन कुनै कञ्जुस्याइँ नगर्ने नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले बताइन् ।

महिला खेलाडीहरुले आफूले अध्ययन गर्दै आइरहेको विद्यालय/)क्याम्पस उल्लेख गरी नगरपालिका कार्यालयमा निवेदन दिएपछि छात्रवृत्तिको प्रक्रिया थालिने उनले बताए ।

वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीको क्षमता विकासमा अग्रसरता देखाएर खेलाडीमा ऊर्जा थपेको अखिल नेपाल फुटबल संघ महिला फुटबल समितिका अध्यक्ष पेमा लामाले बताए ।

वालिङका महिला फुटबल खेलाडीले विभिन्न उमेर समूहमा राष्ट्रिय टिममा सहभागी भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश भइसकेका छन् ।

आगामी माघ ७ गतेबाट काठमाडौंमा हुने महिला फुटबल लिगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका विभागीय टिम तथा वालिङ नगरपालिकासहित अन्य तीन टिम प्रतिस्पर्धामा उत्रदै छन् ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ३ : ०५ बजे

कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा

अध्ययन बिदा सकेर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ

पैचोको ‘नेसनल सेल्स समिट’ सम्पन्न, स्वदेशी उत्पादनको बजारीकरण र कृषि उद्योग प्रवर्द्धनमा जोड

काठमाडौं । पैचो पसल प्रा.ली.ले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड

काठमाडौं । आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्रः पहिचान, सम्मान