१५ माघ २०८२, बिहिबार | January 29, 2026

सिन्धुलीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं । सिन्धुलीका एक ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट काठमाडौं मृत्यु भएको छ ।

खोकी लागेर उपचारका लागि चार दिनअघि काठमाडौंस्थित केएमसी अस्पतालमा भर्ना गरिएको ती पुरुषको हिजो राति मृत्यु भएको हो ।

उनी रामेछाप, दोलखा, ओखलढुंगामा सामान ढुवानी गर्ने ट्रक चालक हुन् । कमलामाई नगरपालिका ५ रानीखोलाका पुरुषको निधनपछि दाहसंस्कारका लागि पहल गरिएको वडाध्यक्ष पूर्णबहादुर खड्काले जानकारी दिए ।

गाडी चलाउँदै गर्दा खोकी लागेको र चिसो लागेको ठानेर भाले काटेर झोल खाएका ती पुरुषलाई निमोनिया समेत देखिएको अस्पतालले जानकारी दिएको छ ।

हिजो बिहानसम्म खाना खाएका उनलाई हिजो दिउँसो कोरोना संक्रमण पुष्टि भएको जानकारी आएको थियो । उनको राति निधन भएको वडाध्यक्ष खड्काले बताए । कमलामाई नगरपालिका ५ मा एक महिनाको बीचमा कोरोना संक्रमणबाट दुईजनाको निधन भएको छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ४ : २४ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण