३ असार २०८३, बुधबार | June 17, 2026

भोलिदेखि फुलबारी गाईजको दोस्रो रुपन्देही खुल्ला फुटसल प्रतियोगिता-२०७७ हुने



बुटवल । दोस्रो रुपन्देही खुल्ला फुटसल प्रतियोगिता-२०७७ भोलिदेखि बुटवलमा शुरु हुने भएको छ । फुलबारी गाईजको आयोजनामा हुने दुई दिने प्रतियोगिताको तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरि आयोजकले बताएको हो ।

लुम्बिनी फुटसल एरिया योगिकुटीमा हुने प्रतियोगितामा मुग्लिङ, पाल्पासहित जिल्लाका उत्कृष्ट १८ टिमको सहभागिता रहने संयोजक सुशील तामाङले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार, मेडल, ट्रफि र प्रमाणपत्र तथा उपविजेता टिमले नगद २५ हजार, मेडल, ट्रफि र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार गरिने उनले बताए । विहिबार उद्घाटन खेल लाफा एफसी, बुटवल र हिमालय गोर्खा एफसी, खैरेनी का बिचमा हुने छ ।

क्लबका अध्यक्ष शिव रानाले खेलकुदको माध्यमबाट युवाहरु बिचमा भातृत्ब र एकता कायम गर्ने उदेश्यका साथ प्रतियोगिता गर्न लागेको बताए ।
कार्यक्रममा क्लबका सल्लाहकार वरिष्ठ हसन्त लामाले कोभिड १९ का कारण मानसिक र शारिरिक पिडामा रहेका खेलाडीहरुलाई प्रतियोगिताबाट खेलमा फर्कन सहयोग मिल्ने बताए ।

कार्यक्रममा क्लबका सल्लाहकार याम बराल, सन्जु बस्नेत, सचिव तेज बहादुर रानाले युवाहरुको अगुवाईमा खेलकुद र सामाजिक काममा अग्रसर रहेको बताए । प्रतियोगिता सम्पन्न गर्न २ लाख १५ हजार खर्च अनुमान रहेको छ । गतवर्ष स्मृति स्पोर्ट्स एकेडेमीले उपाधि चुमेको थियो ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ५ : ०२ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा

अध्ययन बिदा सकेर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ

पैचोको ‘नेसनल सेल्स समिट’ सम्पन्न, स्वदेशी उत्पादनको बजारीकरण र कृषि उद्योग प्रवर्द्धनमा जोड

काठमाडौं । पैचो पसल प्रा.ली.ले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स