१ पुस २०८२, मंगलबार | December 16, 2025

संसद विघटनका विरुद्ध नेपाली कांग्रेसले पुस १६ गते देशब्यापी प्रदर्शन गर्ने



काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय मेलमिलाप दिवसका दिन पुस १६ गते देशभर विरोध प्रदर्शन गर्ने बिषयमा टुङ्गो लागेको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनको विरुद्ध आन्दोलन गर्ने प्रस्ताव गरेका थिए ।

बैठकमा बोल्ने नेताहरूले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम निरंकुशतातर्फ उन्मुख रहेको बताएका थिए।

बैठकमा गगन थापा, रामशरण महत, आनन्द ढुंगाना र बलबहादुर केसीले आआफ्नो धारणा राखेका थिए ।कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार अन्दोलनको मोडालिटीका बिषयमा भने भोलि ९ गते बस्ने बैठकले तय गर्नेछ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ५ : ३० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज