१ पुस २०८२, मंगलबार | December 16, 2025

संसद विघटनका विरुद्ध जसपाले ग-यो नेपालगन्जमा प्रदर्शन



नेपालगन्ज । जनता समाजवादी पार्टी (जसपा) बाँकेले संसद विघटनको विरोधमा नेपालगञ्जमा प्रदर्शन गरेको छ । संसद विघटनको बिरोधमा देशव्यापी प्रदर्शन गर्ने जसपाको केन्द्रीय कार्यक्रम अनुसार आज बाँकेमा प्रदर्शन गरिएको हो । प्रदर्शमा निस्केका जसपाका नेता तथा कार्यकर्ताहरुले असंवैधानिक कदम सच्याउन माग गर्दै ओली सरकार विरुद्ध नाराबाजी गरेका थिए ।

नेपालगन्जको मंगल प्रसाद माध्यमिक विद्यालय बाट निस्केको जुलुस त्रिभुवनचोक, ईदगाहा मार्ग हुँदै बिपि चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै पूर्व सहरी विकास मन्त्री मोहम्ममद ईस्तियाक राइले अदालतले निर्णय सच्याउनु पर्ने माग गरे । ‘देशलाई दुर्घटनाबाट बचाउन अहिलेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय सच्याउनु पर्दछ, अदालतले निर्णय नसच्याएको अवस्थामा हामी सबैले सडकबाट निर्णय सच्याउँन बाध्य हुनेछौं ।’ पूर्व मन्त्री राईले भने ।

उनले ओलीको कदमले राजनीतिक परिवर्तनलाई पछाडि धकेल्ने काम गरेको आरोप लगाउँदै संबिधान विघटन गर्ने प्रधानमन्त्रीलाई कुनै अधिकार नभएको बताए ।

जसपाका जिल्ला नेता कमरुद्धिन खानले संघीयता र गणतन्त्रलाई धरासायी पार्ने काम कसैबाट हुन नहुने भन्दै त्यसो गरिए फेरी सशक्त आन्दोलन गरिने चेतावनी दिए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ६ : ३९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज