१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

संसद विघटनका विरुद्ध जसपाले ग-यो नेपालगन्जमा प्रदर्शन



नेपालगन्ज । जनता समाजवादी पार्टी (जसपा) बाँकेले संसद विघटनको विरोधमा नेपालगञ्जमा प्रदर्शन गरेको छ । संसद विघटनको बिरोधमा देशव्यापी प्रदर्शन गर्ने जसपाको केन्द्रीय कार्यक्रम अनुसार आज बाँकेमा प्रदर्शन गरिएको हो । प्रदर्शमा निस्केका जसपाका नेता तथा कार्यकर्ताहरुले असंवैधानिक कदम सच्याउन माग गर्दै ओली सरकार विरुद्ध नाराबाजी गरेका थिए ।

नेपालगन्जको मंगल प्रसाद माध्यमिक विद्यालय बाट निस्केको जुलुस त्रिभुवनचोक, ईदगाहा मार्ग हुँदै बिपि चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै पूर्व सहरी विकास मन्त्री मोहम्ममद ईस्तियाक राइले अदालतले निर्णय सच्याउनु पर्ने माग गरे । ‘देशलाई दुर्घटनाबाट बचाउन अहिलेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय सच्याउनु पर्दछ, अदालतले निर्णय नसच्याएको अवस्थामा हामी सबैले सडकबाट निर्णय सच्याउँन बाध्य हुनेछौं ।’ पूर्व मन्त्री राईले भने ।

उनले ओलीको कदमले राजनीतिक परिवर्तनलाई पछाडि धकेल्ने काम गरेको आरोप लगाउँदै संबिधान विघटन गर्ने प्रधानमन्त्रीलाई कुनै अधिकार नभएको बताए ।

जसपाका जिल्ला नेता कमरुद्धिन खानले संघीयता र गणतन्त्रलाई धरासायी पार्ने काम कसैबाट हुन नहुने भन्दै त्यसो गरिए फेरी सशक्त आन्दोलन गरिने चेतावनी दिए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ६ : ३९ बजे

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको गीत

माउन्टेन डिउ पिएपछि वाकवाकी भएको गुनासो, सरकारले रोक्यो सम्बन्धित ब्याचको बिक्री

काठमाडौं । सामाजिक सञ्जालमा एक उपभोक्ताले माउन्टेन डिउ सेवन गरेपछि

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण

राष्ट्रिय दलित आयोगका सदस्य कामीद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा