८ बैशाख २०८१, शनिबार | April 20, 2024

फ्रिजमा राख्नु हुँदैन यी खानेकुरा



एजेन्सी । चाँडै बिग्रन सक्ने खानेकुरालाई लामो समयसम्म बचाइ राख्न फ्रिजमा राख्नुपर्छ भन्ने सबैको बुझाइ हुन्छ । तर कतिपय खानेकुरा फ्रिजमा नराख्दा राम्रो हुन्छ । त्यस्ता खानेकुरा फ्रिजमा स्टोर गर्दा त्यसको स्वाद, बनावट सबै परिवर्तन भइ बाहिरबाट कालो हुँदै जान्छन् ।

टमाटर : टमाटरलाई फ्रिजमा राख्दा यसलाई पाक्नबाट जोगाउन सकिन्छ तर त्यसको स्वाद भने गुम्न पुग्छ । खाद्यविद् मर्कोलाका अनुसार टमाटरलाई फ्रिजमा राख्नुले त्यस भित्रको केमिकल संरचनामा परिवर्तन ल्याउँछ र सो फलका गुणकारी तत्वहरुको मात्रा पनि कम गराउँछ ।

त्यस्तै टमाटरको स्वाद, रङमा पनि चिसो तापमानले प्रभाव पार्न सक्छ । त्यस्तै पाँच डिग्री भन्दा कम तापमानले चाहिँ फललाई एकदम गिलो र सतहमा दागहरु उत्पन्न गराउने गर्दछ ।

आलु : आलुलाई सुख्खा र चिसो ठाउँमा कि कागजको ब्यागमा या प्वालयुक्त झोलामा राख्नुपर्ने हुन्छ र यसलाई फ्रिजमा चाहिँ स्टोर नगरेकै ठीक हुनेछ ।

किनकी फ्रिजमा राख्नुले आलु भित्रको स्टार्च र सुगरलाई परिवर्तन गर्न सक्छ जसले यसको बनावट बिगारेर, गिलो पारिदिन्छ भने रङ पनि बदलिदिनेछ । त्यस प्रकारको आलु पकाएपछि गुलियो हुने गर्दछ ।

प्याज : नतासेको प्याजलाई चिसो र सुख्खा ठाउँमा राख्नुपर्छ जहाँ हावा आवत्जावत् गर्न सकोस् तर चिसो फ्रिजमा भने होइन । बेलायतको ‘नेस्नल अनियन असोसिएसन’ का अनुसार पहिले नै बोक्रा तासिएको या काटिसकेको प्याज किनेका बेलामा मात्र यसलाई फ्रिजमा स्टोर गरि राख्नु उपयुक्त हुन्छ । काटेको प्याजलाई बन्द कन्टेनरमा सात दिनसम्म राख्न सकिन्छ ।

ब्रेड या पाउरोटी : फ्रिज ब्रेडका लागि अत्यन्तै नराम्रो हुन सक्ने सिरियससिट्स डटकमले जनाएको छ । ब्रेडलाई फ्रिज गर्नुले त्यसको बासी हुने प्रक्रिया बढाउने गर्दछ । चिसो तापमानले सामान्य अवस्थामा भन्दा बढी तिव्र रुपमा ब्रेडको स्टार्च ‘क्रिस्टलाइज’ गरिदिन्छ र ब्रेडलाई छिटै साह्रो अनि बासी बनाइदिन्छ ।

केरा : पाकेको केरालाई फ्रिजमा राख्दा केही दिनसम्म यसलाई पाकिरहन मद्दत गर्दछ तर हरियो र साह्रो केरालाई फ्रिजमा स्टोर गर्यो भने चाहिँ त्यो पाक्दैन । त्यसलाई फ्रिजबाट निकालिसकेपछि पनि त्यो केरा नपाक्न सक्छ भने बाहिरको बोक्रा चाहिँ कालो हुँदै जानेछ । केरा ट्रपिकल फल भएकाले पनि यससँग चिसोबाट आफूलाई बचाउने प्राकृतिक सेल हुँदैन । त्यसैले चिसोमा राख्नुले केराको सेललाई क्षति पुर्याइ फलभित्रको ‘डाइजेस्टिभ इन्जाइम’ सेलबाट बाहिर लिक हुन थाल्छ जसले केराको बोक्रालाई पूरै कालो बनाइदिने गर्दछ ।

लसुन : लसुनलाई प्लास्टिकको ब्यागमा हालेर फ्रिजमा राख्यो भने त्यो कुहिन सुरु गर्छ । त्यसैले लसुनलाई सबैभन्दा राम्रो अवस्थामा राख्ने उपाय भनेको सामान्य तापमानमा बाहिर सुख्खा र अँध्यारो ठाउँमा राख्नु हो । टुसा उम्रिन नदिनका लागि यसलाई एकदम कम उज्यालो भएको ठाउँमा राख्नुपर्छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ६ : ४२ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन