१ पुस २०८२, मंगलबार | December 17, 2025

नेकपा माधव-प्रचण्ड समूहको केन्द्रिय कमिटी बैठक बस्दै, बैठकले पदाधिकारी चयन गर्ने



काठमाडौं । बिहान ११ बजेका लागि बोलाईएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव प्रचण्ड समूहको केन्द्रीय समिति बैठक दिउँसो १ बजेका लागि सरेको छ।

केही नेताहरूसँगको छलफल बाकी रहेको भन्दै ११ बजे बस्ने भनिएको बैठक १ बजेका लागि सारिएको हो। हाल सम्म नखुलेका केहि नेताहरुले बैठकमा सहभागी हुने संकेत गरेकाले बैठकको समय सारिएको बताईएको छ ।

आज बस्ने सो समूहको बैठकले पार्टी महासचिव सहित पदाधिकारी थप गर्ने तथा अध्यक्ष प्रचण्डले यस अघि स्थायी कमिटीमा प्रस्तुत राजनीतिक प्रस्ताव माथि छलफल गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमार्फत गरेको प्रतिनिधिसभा विघटनका विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने कार्यतालिका रहेको नेताहरुले बताएका छन् ।

माधव प्रचण्ड समूहको महासचिवका लागि नेताहरू सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, वर्षमान पुन र जनार्दन शर्माको नाम चर्चामा रहेको छ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ११ : ३० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष