१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रधानमन्त्रीको संसद विघटनको निर्णय संबिधान र जनभावना विपरित : तिलोत्तमा नगरकार्यपालिका



बुटवल । सम्भवत नेपालमै पहिलो पटक स्थानीय तहले निर्णय नै गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कार्यको बिरोध जनाएको छ । रुपन्देहीको तिलोत्तमा नगर कार्यपालिकाले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने निर्णयलाई संविधानको मर्म र जनभावना विपरित भएको आरोप लर्गाको छ ।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले आज नगर कार्यपालिकाको तर्फबाट बिज्ञप्ति प्रकाशित गर्दै प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमले संविधान र लोकतन्त्रलाई गम्भिर आघात पु¥याएको उल्लेख गरेका छन् । संसद विघटनले देशमा राजनीतिक अस्थिरतको पुनराबृत्ति भएको र जनतामा निराशा छाएको बिज्ञप्तिमा लेखिएको छ ।

विकास बजेट कटौती गरेर मध्यावधी निर्वाचननेपाली जनताको हित विपरित रहेको समेत बिज्ञप्तिमा उल्लेख छ । तिलोत्तमा नगर कार्यपालिकाले स्थायित्व, समृद्दी, विकास र सुशासनका लागि विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग समेत गरेको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ६ : ३० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष