१६ श्रावण २०८३, शनिबार | August 1, 2026

प्रधानमन्त्रीको संसद विघटनको निर्णय संबिधान र जनभावना विपरित : तिलोत्तमा नगरकार्यपालिका



बुटवल । सम्भवत नेपालमै पहिलो पटक स्थानीय तहले निर्णय नै गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कार्यको बिरोध जनाएको छ । रुपन्देहीको तिलोत्तमा नगर कार्यपालिकाले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने निर्णयलाई संविधानको मर्म र जनभावना विपरित भएको आरोप लर्गाको छ ।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले आज नगर कार्यपालिकाको तर्फबाट बिज्ञप्ति प्रकाशित गर्दै प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमले संविधान र लोकतन्त्रलाई गम्भिर आघात पु¥याएको उल्लेख गरेका छन् । संसद विघटनले देशमा राजनीतिक अस्थिरतको पुनराबृत्ति भएको र जनतामा निराशा छाएको बिज्ञप्तिमा लेखिएको छ ।

विकास बजेट कटौती गरेर मध्यावधी निर्वाचननेपाली जनताको हित विपरित रहेको समेत बिज्ञप्तिमा उल्लेख छ । तिलोत्तमा नगर कार्यपालिकाले स्थायित्व, समृद्दी, विकास र सुशासनका लागि विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग समेत गरेको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ६ : ३० बजे

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक