५ चैत्र २०८२, बिहिबार | March 19, 2026

नेकपा प्रचण्ड-माधव पक्षका केन्द्रीय सदस्य र सांसदहरु निर्वाचन आयोग र सर्वोच्च जाँदै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय सदस्य निर्वाचन आयोग र सबै ‘सांसद’ सर्वोच्च अदालत जाने भएका छन् ।

बिहीबार काठमाडौमा सम्पन्न नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार आज बिहान १० बजे सबै केन्द्रीय सदस्य निर्वाचन आयोग र मध्याह्न १२ बजे सबै सांसद सर्वोच्च अदालत जान थालेका हुन् ।

नेकपाका बहुमत केन्द्रीय सदस्य र बहुमत सांसद एक ठाँउमा भएको प्रमाण पेश गर्न सर्वोच्च अदालत र निर्वाचन आयोगमा सबै जना जाने निर्णय भएको प्रचण्ड–नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले बताए ।

निर्वाचन आयोगको दलको आधिकारीकता सम्बन्धी कार्यबिधिमा पनि रानीतिक दललले दाबी गरेको नामलाई प्रत्यक ब्यक्तिले सनाखत गरिदिनु पर्ने व्यवस्था रहेको छ ।

आफहूसँग रहेको बहुमत र हस्ताक्षरबारे पनि कुनै शंका नहोस् भनी त्यसो गर्न लागिएको ती नेताले बताए।

बिहिबार बसेको सो पक्षको बैठकले आधिकारिक पार्टी आफू भएको दाबी गर्न आयोग र संसद् जीवित छ भनेर देखाउन सर्वोच्च अदालत जाने तथा पुस १४ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ९ : ०२ बजे

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका

पश्चिमी प्रणालीको प्रभाव : देशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न