४ पुस २०८२, शुक्रबार | December 19, 2025

भारततर्फ लैजाँदै गरेका दुई युवतीको उद्धार



काठमाडौं । भारततर्फ लैजाँदै गरेका दुई युवतीको सशस्त्र प्रहरीले गए राति उद्धार गरी शान्ति पुनःस्थापना केन्द्र त्रिनगर कैलालीमा बुझाएको छ ।

बोर्डर आउटपोष्ट डोकेबजार र बोर्डर आउट पोष्ट आपतालबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेका वेदकोट नगरपालिका–१ हात्तिथलका १८ वर्षीया र धादिङ छाख्रे गाउँपालिका–५ बस्ने २० वर्षीया गरी दुई युवतीको उद्धार गरेको हो ।

उद्धार गरिएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि शान्ति पुनःस्थापन केन्द्र त्रिनगरमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

युवतीलाई भारततर्फ लैजाने कार्यमा संलग्न वेदकोट–१ हात्तिथलाका २० वर्षीय लोकेन्द्र बोहरा र बझाङ जिल्ला मष्टा गाउँपालिका–३ ठकुरीथानाका २१ वर्षीय सुनिल बोहरालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको बताए ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ९ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको