१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

संसद विघटनबिरुद्धको रिट निबेदनको आज संवैधानिक इजलासमा सुनुवाइ हुने



काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेका रिट उपर आज संवैधानिक इजलाशमा सुनुवाइ हुने भएको छ । फरक फरक ढंगले संसद विघटनका बिरुद्ध दर्ता भएका १३ वटा रिट निबदेनको आज संवैधानिक इजलासमा सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ । गत बुधवार प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल बेन्चले प्रारम्भिक सुनुवाइ गर्दै संसद विघटनको कदममा ‘संवैधानिक प्रश्न’ उठाउँदै तथा संबिधानको धाराको ब्याख्या पनि गर्नु पर्ने ठहर गर्दै दर्ता गरिएका सबै रिट संवैधानिक इजलाशमा पठाउने निर्णय गरेका थिए ।

संवैधानिक इजलाशमा प्रधानन्यायाधीशसहित पाँचजना न्यायाधीश रहने ब्यवस्था रहेको छ । रोष्टरमा नाम रहेका वरिष्ठ न्यायाधिशहरु मध्यबाट प्रधानन्यायाधीसले ५ जनाको इजलास गठन गर्ने अभ्यास रहँदै आएको छ।

संवैधानिक इजलाशका तीनजना न्यायाधीशको बहुमतले मुद्दा फैसला गर्ने कानुनी प्रावधान छ । सो फैसला उपर पुनरावलोकन हुँदैन । संवैधानिक इजलाशले संसद विघटनबारे अन्तरिम आदेश दिनसक्ने कानुनविद्हरु बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा संसद विघटन गरेपछि सो कदमको चौतर्फी विरोध भएको छ । संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको भन्दै सो कदम खारेजीको माग गरेर सर्वोच्चमा रिट दायर भएका छन् ।

सर्वोच्च अदातलकै ३ जना पूर्व प्रधानन्यायाधीस समेत पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्रीको संसद विघटन गर्ने निर्णयलाई असंवैधानिक भएको बताईसकेका छन् ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १० : ०१ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम