४ बैशाख २०८१, मंगलबार | April 16, 2024

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाईका लागि प्रधानन्यायाधीशबाट संवैधानिक इजलास गठन



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास गठन गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुमाथिको सुनुवाईका लागि प्रधानन्यायाधीशले संवैधानिक इजलास गठन गरेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी रहेका छन् ।

न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधीश राणाले १४ जना न्यायाधीशमध्येबाट राणाले चार जनालाई तोकेका हुन् ।

प्रधानमन्त्रीका सिफारिसमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध १३ रिट निवेदन परेको थियो । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख, विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले आज निवेदन दायर गरेका थिए ।

त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, सन्तोष भण्डारी, दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर केसी, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीका सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ ।

कानून व्यवासायीले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिसका आधारमा भएगरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ ।

यसअघि प्रधानन्यायाधीशको एकल इजलासले नियमित इजलासमा दर्ता भएका १२ रिट निवेदन संवैधानिक इजलासमा सुनुवाइ गर्ने आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १० : २४ बजे

नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै

लुम्बिनीका संसदीय समिति सर्वसम्मत चुनिदै

बुटवल । लुम्बिनी प्रदेश सभाका सात विषयगत समितिका सभापति सर्वसम्मत

धूम्रपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगन्ज

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले धूम्रपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र

‘एक पैसा कहिलेलाई ? बागलुङ्को चैतेदसैँलाई….’

बागलुङ । बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका