१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

विदेशमा दोस्रो चरणको महामारी फैलिँदा नेपालमा भने दिनदिनै कोरोना परीक्षण घट्दो, ४ हजार परीक्षणमा ६ सयमा संक्रमण पुष्टि



काठमाडौं । बेलायत लगायतका देशहरुमा अर्को चरणबो महामारी फैलिएपनि नेपालमा भने दिनदिनै कारोनाको पीसीआर परीक्षणको दर घटाउंदै लगिएको छ । शुक्रबार सम्म आईपुग्दा पीसीआर परीक्षण गर्नेका संख्या जम्मा ४ हजार १४२ जनामा झेरेको छ । ४ हजार १४२ जनाले पीसीआर परीक्षण गर्दा ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७१ जना पुरुष र २३७ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार सम्ममा नेपालमा संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८९२ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ७०९२ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१६ रहेको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देही ३५, कैलाली ३३, कास्की र चितवनमा १८÷१८ संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा २१२, ललितपुरमा ४७ र भक्तपुरमा २० जना संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ६ : १५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम