१६ श्रावण २०८३, शनिबार | August 1, 2026

विदेशमा दोस्रो चरणको महामारी फैलिँदा नेपालमा भने दिनदिनै कोरोना परीक्षण घट्दो, ४ हजार परीक्षणमा ६ सयमा संक्रमण पुष्टि



काठमाडौं । बेलायत लगायतका देशहरुमा अर्को चरणबो महामारी फैलिएपनि नेपालमा भने दिनदिनै कारोनाको पीसीआर परीक्षणको दर घटाउंदै लगिएको छ । शुक्रबार सम्म आईपुग्दा पीसीआर परीक्षण गर्नेका संख्या जम्मा ४ हजार १४२ जनामा झेरेको छ । ४ हजार १४२ जनाले पीसीआर परीक्षण गर्दा ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७१ जना पुरुष र २३७ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार सम्ममा नेपालमा संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८९२ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ७०९२ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१६ रहेको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देही ३५, कैलाली ३३, कास्की र चितवनमा १८÷१८ संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा २१२, ललितपुरमा ४७ र भक्तपुरमा २० जना संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ६ : १५ बजे

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान