१५ माघ २०८२, बिहिबार | January 29, 2026

विश्वासको मत लिएर अगाडि बढ्छु : मुख्यमन्त्री पौडेल



वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्तावको सामना गर्दै विश्वासको मत लिएर अगाडि बढ्ने बताएका छन् । पौडेलले संसदीय प्रणालीमा अविश्वासको प्रस्ताव प्रस्तुत हुनुलाई सामान्यरुपमा लिनुपर्ने भए पनि हाल विकास र समृद्धि नचाहनेको गठजोडबाट आएको प्रस्ताव भएकाले यो घटनाले गम्भीर बनाएको बताए ।

मुख्यमन्त्री पौडेलले सरकारविरुद्ध सरकारमै रहेका मन्त्रीले अभिव्यक्त गरेको धारणाप्रति विरोध जनाए । उनले सहकर्मी मन्त्रीकै अगुवाइमा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिनुलाई दुःखद् परिघटनाको रुपमा लिएको उल्लेख गरे । मुख्यमन्त्री पौडेलले दर्ता गरिएको अविश्वासको प्रस्तावको सदनमार्फत सानदार खण्डन गरेर विश्वासको मत प्राप्त गर्ने धारणा राखे । पौडेलले मन्त्रीले राजीनामा पत्रमा आरोप लगाएजस्तो सरकार सुस्त नभएको दावी गरे । मुख्यमन्त्री पौडेलले आफ्नो पक्षमा बहुमत पु¥याउन तयार रहेको बताए ।

प्रदेशसभामा आज सरकारविरुद्ध प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रस्तावमा प्रदेश सभाका ४५ जना सदस्यले हस्ताक्षर गरेका छन् । त्यस्तै आजै प्रदेशका तीन मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका थिए । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल र आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पत्र दर्ता गराएका थिए । राजीनामा पत्रमा मन्त्रीले मुख्यमन्त्री पौडेलका कारण सरकारको कामकारवाही सुस्त भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ८ : ५१ बजे

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय

वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च